• काठमाडौं । दुबै मृगौला बिग्रिएर जिवन र मरणको दोसाधमा रहनुभएका गोरखाका कर्णबहादुर गुरुङको उपचारका लागि साउदी अरवस्थित गन्तब्य नेपालले आर्थिक सहयोग गरेको छ । गन्तब्य नेपालले सहयोग गरेको ७१ हजार २६ रुपैंया आज विरामीको आफन्त सागर गुरुङलाई हस्तान्तरण गरिएको छ । सो रकम काठमाडौं काविल वचत तथा सहकारी संस्थाका अध्यक्ष छनु गुरुङ र उपाध्यक्ष सारा पन्त राईले सागर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
    सहयोग रकम हस्तान्तरण गर्दै उपाध्यक्ष सारा पन्तले विरामीको स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सहयोग अपिल गर्दै विरामीको ज्यान जोगाईदिन अनुरोध गर्नुभयो । थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्दै सानो सानो सहयोगले विरामीको उपचारमा सहजता पुग्ने
    साराले बताउनुभयो । सहयोग धन भएर भन्दा पनि मन भएर गरिने बताउदै साराले भन्नुभयो, दुख बिराम भएकालाई सहयोग गर्नु नै धर्म अनि पुण्यता कमाउनु हो ।
    गन्तब्य नेपालले समाजिक कामहरु गर्दै आएको जानकारी गराउदैं उहाँहरु मार्फत सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सहयोग रकम बुझ्दै बिरामीको आफन्त सागरले सहयोगी दातमा धन्यवाद प्रकट गर्दै सहयोग रकमले बिरामीमा बाँच्ने आशा पलाएको बताउनुभयो । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उहाँको भनाई थियो ।
    कार्यक्रममा सहकारीका शुभला नेपाली,गंगा अधिकारी, संस्थाका शुभेच्छुक मोहन राई,बिक्रम राई लगायतको उपस्थिती रहेको थियो । गन्तब्य नेपालका संयोजक कर्ण नाल्बोले उक्त रकम संस्थाका शुभेच्छुक तथा पदाधिकारीहरुबाट संकलन गरेर बिरामीको लागि पठाउनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…