• सुनसरी, २२ जेठ । सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा सांघातिक अक्रमण भएको छ । मङ्गलबार राति ८ बजे धरान–१२ चतरालाईन स्थित रहेको पुर्वाअञ्चल डिबि आर अनलाईन टेलिभिजन कार्यलयमा कामको सिलसिलामा बसिरहेको बेला अचानक आक्रमण भएको राईले जानकारी दिए ।

    उनलाई ५/६ जनाको समुहमा पुगेका अपरिचित युवाहरुको समुहले आक्रमण गरेको हो । आक्रमणमा परि राईको टाउकोमा गहिरो चोट लागेको छ । राईको टाउकोमा ६ टाका लगाईएको छ भने राईलाई मंगलबार राती नै बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचारपछि घर पठाईएको छ ।

    उता राईलाई सांघातिक रुपमा हमला गर्ने मध्येका एक युवा फूर्वा शेर्पाले ढुङ्गा प्रहार गरेको र उनलाई प्रहरी समात्न सफल भएको राईले जानकारी दिए । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

    शेर्पाले राईले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पत्रकार राईलाई हालसम्म आक्रमण गर्नुको कुनै कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार पक्राउ परेका शेर्पाको बयान संगै थप अनुसन्धान अगाडी बढाएको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…