• धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् ।

    ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’

    अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभरी पोलेका फोका छन् । कुटपटको नीलडाम छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…