उर्लाबारी । इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले स्वदेश तथा विदेशमा रहने सबै नेपालीलाई शुभकामना दिनुभएको छ ।
शुभकामनामा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ।
मेयर फागोले यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।