• जेठ २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।

    केन्द्रिय समिति सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको बैठक विना निष्कर्ष टुंगिएको हो । शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएको छ ।

    प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसद बनेकाहरुलाई पनि जिल्ला ईञ्चार्ज र सह ईञ्चार्जको जिम्मेवारी दिने तयारी गरेपछि वरिष्ठ नेता माधव नेपालले त्यसको विरोध गरेका थिए ।

    नेपाल पक्षले पार्टीमा मन्त्री र सांसद नभएकाहरु पनि योग्य रहेकाले उनीहरुलाई जिल्लामा जिम्मेवारी दिनुपर्ने अडान लिएका कारण बैठक विना निष्कर्ष टुंगिएको हो । मंगलबार पनि यसबारे ठोस निर्णय हुन सकेको थिएन ।

    नेताहरुबीच सहमति हुन नसकेपछि बैठक भोलि ९ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने प्रयास हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…