बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा आजबाट पोखरामा विजनेस एकाडेमी सुरु भएको छ । एकाडेमीको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर महेश पौडेलले गर्नु भएको थियो ।
नेपालमै पहिलो पटक भएको एकाडेमीमा देशभरबाट जेसीजमा आबद्ध विभिन्न व्यवसायीहरुको सहभागिता रहेको छ । एकाडेमीमा ७० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।
‘कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रद्धारा हुन सक्दछ’ भन्ने जेसीजको पवित्र आस्था अनुरुप जेसीजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा शसक्त बनाइ राष्ट्रलाई आर्थिक समृद्ध बनाउने अभियानका साथ यो ऐकाडेमीको आयोजना गरिएको हो ।
पोखराको ग्राण्ड होटलमा ४ दिनसम्म सञ्चालन हुने यो ऐकाडेमीमा व्यवसायिक रुपमा सफल अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुद्धारा एकाडेमी सञ्चालन हुनेछ । मुख्य प्रशिक्षकका रुपमा भारतका रमन न¥यर र प्रशिक्षकका रुपमा भारतकै सेली चौधरी नेपालका उदाउँदा ट्रेनर सिनेटर राजाबाबु शाह रहनु निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालले बताउनु भयो ।