• पाँचथर हत्याकाण्डःमुख्य अभियुक्त पक्राउ

    पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर– ४ पञ्चमी स्थित कार्तिके बस्ने १५ वर्षीया किशोरी शितल योङहाङको मुख्य हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर- २ पात्लेभन्ज्याङ बस्ने पदम तामाङ स्याङ्बो (१९) लाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो ।

    स्याङ्बोलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको संयुक्त ब्युरो टोलीले खोजतलास गर्ने क्रममा झापाको दमक स्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।

    स्याङ्बोलाई जेठ १९ गते पक्राउ गरी पाँचथर अदालतबाट कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भगिरथ बास्तोला भने घटना भएको भोलिपल्टै पक्राउ परेका थिए ।

    शितललाई यही वैशाख २९ गते रातको साढे सात बजेको समयमा घाँटी रेटेर हत्या गरी उनीहरु फरार भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…