• रातोकलम अनलाइन!
    जेठ-२३

    युके टिलबुरीलाई कर्मथलो बनाउँदै आएका समाजसेवी एच.के मोक्तानले दुवै मृगौला पिडित लाई अर्थिक सहयोग गरेका छन् । काठमाडौंको बौद्ध–६, स्थित प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम तीन जना मृगौला पीडितहरुलाई हस्तान्तरण गरिएको छ!

    युकेमा रहदै आएका नेपालहरु सँग आर्थिक संकलन गरेको रकम रु १,५५,०४० ।– संस्थाका केन्द्रीय कार्यसमिति सदस्य रोज बहादुर तामाङ (च्याङ्बा) को नविल बैंक खाता मार्फत पठाएका थिए । सस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजन गरि उक्त रकम समाजसेवी कुमार थोकर र च्याङबा मार्फत पीडितहरु लाई हस्तान्तरण गरिएको हो।

    मृगौला पीडित कमला घिसिङलाई रकम हस्तान्तरण ।

    मृगौला पीडितहरु मध्ये काभ्रे चिसाखर्क–२ छेल्टीका ३१ वर्षिय मनोज कुमार रुम्बालाई बिहीबार रु.१,०५,०४०।– रकम हस्तान्तरण गरिएको छ।त्यस्तै बुधबार तेर्हथुम चुहानडाँडा–६ का कमला घिसिङलाई नगद रु.२५०००।– र हेटौडा उपमहानगरपालिका–१७ का २३ वर्षिय सुनिल लामालाई रु. २५०००।– सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। बुधबार नै संस्थामा उपस्थितहरु मार्फत सहयोग रकम संकलन गरी उठेको जम्मा रकम रु.२७,६४०।– पीडितहरु दुई जना कमला घिसिङ र सुनिल लामालाई बराबरी बाँडिएको थियो । मृगौला पीडितहरु तीनै जना हाल मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरमा हप्तामा २ दिन डाइलिसीस गराउँदै आएका छन् । बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सो सहयोग रकम प्रदान गरिएको छ ।

    मृगौला पीडित सुलि लामालाई रकम हस्तान्तरण गरिदै।
    पहिलो पटक २०७५ भाद्र ४ गते काभ्रेपलाञ्चोक नमोबुद्ध न. पा.–५ का कलेजो पीडित कर्ण मोक्तानलाई सहयोग नगद रु. २,००,०००।– र मकवानपुरका मृगौला पीडित अमिन सिन्तानलाई पहिलो किस्ता रकम २८,०००।– प्रदान गरेका थिए । सिन्तानलाई दोश्रो, तेस्रो किस्ता गरी जम्मा २,५०,००० सहयोग रकम प्रदान गरिसकेका छन् ।

    सोही वर्ष मंसिर २२ गते दोश्रो पटक मकवानपुर मनहरी गाउँपालिका–१ का अखिल कुमार मोक्तानका १६ वर्षिय छोरा मृगौला पीडित अमित मोक्तानलाई रु. १,९५,३५०।– सहयोग गरेका थिए । सोही दिन रसुवा ठूलोगाउँ–८ का मृगौला पीडित ३० वर्षिय सुवास तामाङलाई रु.२५,०००।– सहयोग गरेका थिए।

    समाजसेवी एच.के मोक्तानले यसअघि पनि पटक पटक विरामीहरुका लागि सहयोग रकम जुटाउँदै आएका छन् । विरामीलाई उपचारमा केही राहत मिलोस भनेर उनले पटक पटक विरामीहरुको सेवा गर्ने गरेको बताउँछन् । उनले यसअघि पनि सोही संस्थामार्फत १ जना कलेजो पीडित तथा तीन जना मृगौला पीडितलाई सहयोग गरिसकेका छन् ।

    समाजसेवी मोक्तान ताप्लेजुङको थुम्बेदिनका स्थायी बासिन्दा हुन । भने अहिले उनी युकेमा छन् । उनको दयालु मन नेपाली विरामीहरुमा जहिले पनि छहारी बनिरहेको छ । आफू युकेमा रहेर पनि नेपाली विरामीहरुलाई सहयोग गर्न साथ दिने कुमार थोकर, रोज बहादुर तामाङ (च्याङ्बा) र ग्याम्जो थोकर आलेको उनले खुलेरै प्रशंसा गरेका छन् ।

    नेपालमा बस्दापनि धेरै संघ संस्थाहरुमा आवद्ध भएर उनले काम गरेका थिए । २०३६ सालमा ब्रिटिस फौजमा भर्ती भएका उनी २०४९ सालपछि रिटायर जीवन विताउन थाले । त्यसपछि हङकङ पुगेका उनी त्यहाँ पनि तामाङ घेदुङको अध्यक्ष पदमा २००५ देखि २००७ सम्म कार्य वहाल सम्हालेको थिएँ । त्यसपश्चात उनी २००७ सालदेखि यूकेमा बस्दै आइरहेका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…