बाहुण्डाँगी । हेटौंडा लेडी जेसीजले जेसीजले आयोजना गरेको स्लो स्कुटी रेसमा सुमित्रा लामा च्याम्पियन बन्नु भएको छ । लेडी जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह अन्तर्गतका आज बिहिबार गल्फ स्लो स्कुटी प्रतियोगिता गरेको थियो । प्रतियोगितामा सहभागि १२ जना प्रतिस्पर्धीलाई अगाडी पठाउँदै लामाले उपाधी माथि कब्जा जमाउनु भएको हो । प्रतियोगितामा सुजाता श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने उषा रोक्का तेस्रो स्थान हासिँल गर्नु भएका कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताउनु भयो ।
बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने भएकोले सो बिषयमा सबैलाइ सचेतना होस भन्ने उद्देश्यले गल्फ स्लो स्कुटी प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक पौडेलले बताउनु भयो । हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको सभाध्यक्षतामा भएको प्रतियोगितामा गल्फ लुब्रिकेन्टका हिरामणी त्रितालको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुर, कार्य्रकम संयोजक जुनु अर्याल, निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, पूर्व अध्यक्ष निशा रोक्का, सह मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, चन्द्रपुर सिटी जेसीजका संस्थापक अध्यक्ष बाल कृष्ण श्रेष्ठ, हेटौंडा लेडी जेसीज कि रश्मी बस्नेत, निशा रोका, बसामाडी जेसिसका पुर्व अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, प्रहरी लगायताकाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा विजेता हुने सबैलाइै जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने कार्यक्रम संयोजक जुनु अर्यालले बताइन ।
त्यसैगरी आज बिहिबारनै दोश्रो कार्य्रकम अन्तर्गत दिउसो ४ बजे हेटौँडा १५ मा रहेको दिव्य आश्रम आश्रीत वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको उक्त कार्यक्रम संयोजक दुर्गा विष्ट ठकुरीले जानकारी दिइन्, ।