• काठमाडौं । दुई तिहाई बजेट चालू खर्च शीर्षकमा राखिए पनि खर्च हुँदा २३ प्रतिशतमात्र पुँजीगत खर्च रहेको नेपालमा त्यही पुँजीगत शीर्षकमा समेत अनावश्यक विषयहरु जोड्ने प्रयास थालिएको छ ।

    सो शीर्षकअन्तर्गत भ्यू टावर जस्ता अनुत्पादक र अनावश्यक ठाउँका लागि अर्बौं रुपियाँ विनियोजन गर्ने तयारी अर्थमन्त्रीले गरेपछि सो शीर्षकको मर्ममाथि प्रहार गर्ने प्रयास थालिएको भनी सांसद तथा बुद्धिजिवीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

    प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा भ्यू टावर निर्माणको लागि अर्बौ रुपियाँ विनियोजन गर्ने तयारीमा अर्थमन्त्री डा।युवराज खतिवडा लागेको समाचार स्रोतले जानकारी दिएको छ ।

    दमक भ्यूटावर निर्माणको लागि पौने ३ अर्ब रुपैयाँ विनियोजन गर्ने तयारी भइरहेको अर्थमन्त्रालयका समाचार स्रोतले जानकारी दिएको छ ।

    सो कार्यका लागि प्रधानमन्त्री कार्यालयको ठाडो आदेश प्रमुख रहेको समाचार स्रोतले दाबी गरेको छ । शहरी विकास मन्त्रालयले पठाएको भ्यू टावर निर्माण सम्बन्धी प्रस्तावलाई अर्थ मन्त्रालयले पनि रोक्न नचाहेको स्रोतले दाबी गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै निर्देशनमा मन्त्रालयले आगामी आर्थिक वर्षमा सञ्चालन गरिने महत्वपूर्ण कार्यक्रमको रुपमा सो कार्यक्रमलाई राख्दै तीन अर्ब ७३ करोड रुपियाँ बजेट माग गरी पठाइएको तथा सोही अनुसार बजेटमा सो परियोजना समेटिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    गत चैत २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योजना आयोगलाई पत्रै लेखेर प्रधानमन्त्रीको गृह नगर दमकका विभिन्न १० परियोजनाहरुलाई बजेट छुट्याउनको लागि दबाब दिएको कुरा सार्वजनिक हुँदा ओलीका तर्फबाट त्यस्तो पत्र नगएको जिकीर गरिएको थियो । नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…