• विराटनगर । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले एकपछि अर्को पत्रकारहरुलाई दिएको धाकधम्की र दुर्व्यवहारको घटना र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन पत्रकार मोहन काजीको नेतृत्वमा मिसन टोली सुनसरी पठाउने भएको छ ।

    उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले सुनसरीका पत्रकार विराट अनुपम लगायतका थुप्रै पत्रकारहरुलाई एक करोड खर्च गरेर नाक भाँचिदिने, मोसो दलेर बजार घुमाउने, कुट्ने लगायतका धम्की दिदै आएका छन् । मिसन टोलीले ती सबै घटनाको छानविन गर्ने भएको छ ।

    महासङ्घले धनकुटाका पत्रकार दिलबहादुर राईलाई धरानमा कार्यकक्षभित्रै भएको साङ्घातिक आक्रमणको समेत छानविन गर्ने जिम्मेवारी दिएको छ ।

    नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीको नेतृत्वमा गठन भएको मिसन टोलीको सदस्यमा महासङ्घका अर्का पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, महासङ्घको सुनसरी शाखा अध्यक्ष अमर खड्का र महासङ्घकै प्रदेश सदस्य जयकृष्ण यादव रहेका छन् ।

    महासङ्घको प्रदेश समितिको विहीवार बसेको बैठकले उक्त मिसन टोली गठन गरेको र यथाशक्य छिटो घटनाबारेमा विस्तृत अध्ययन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको महासङ्घका महासचिव विवेक गौतमले विज्ञप्ति जारी गरी जनाएका छन् ।

    नगरप्रमुख चौधरीको धम्कीका कारण सुनसरीमा पत्रकारहरु भयभित अवस्थामा छन् । त्रासकै कारण नगरप्रमुख चौधरी सहभागी कार्यक्रममा नजान पत्रकार महासङ्घले स्थानीय पत्रकारहरुलाई निर्देशन दिएको अवस्था छ ।

    प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि गम्भीर चुनौति आएको परिस्थितिमा मात्र पत्रकार महासङ्घले मिसन टोली पठाउने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…