काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसले माओवादीकी छोरी जिताइदियो तर माओवादीले भने नेपाली कांग्रेसका ज्वाँई भने जिताउन सकेन ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेणु दाहाललाई जितायो ।
यतिसम्म कि कांग्रेस सभापति शेरबहादुर देउवा पनि भरतपुर पुगेर आफू पनि माओवादी नै भएजस्तो गरेर भाषण गरे ।
कांग्रेसले महानगरमा उठाएका उम्मेदवार दिनेश कोइरालालाई फिर्ता बोलाएपछि चितवनमा कांग्रेस रिसाएका छन्, उनीहरुको रिस अझै मरेको छैन ।
कोइराला लोकप्रिय नेता भएकाले उनले जित्ने निश्चित नै थियो । मतगणनामा रेणुले नजितेपछि रातारात धाँधली गरेर पुन निर्वाचन भएको थियो ।
आफूले जित्न नसक्ने भएपछि माओवादीले रडाको मच्चाएको थियो । एमालेका उम्मेदवार देवी ज्ञवालीले मेयरमा हारे । स्थानीय निर्वाचन हुँदा एमाले र माओवादीबीच एकता भइसकेको थिएन ।
चितवनबासीले पछिल्लो समयमा कांग्रेस हुने अवसर नै पाएनन् । पहिले माओवादी भइदिनुपरो भने प्रतिनिधिसभामा राप्रपाका नेता बिक्रम पाण्डेलाई समर्थन गर्न वाध्य भए ।
प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल थियो । स्थानीय चुनावमा कांग्रेसबाट माओवादीले फाइदा लिन सकेपनि कांग्रेसलाई भने कुनै पनि फाइदा भएन ।
पोखराको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस नेता रामजी कुँवरलाई टिकट दिइयो । उनी कांग्रेसका नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाँई हुन्, आलोचनामा उल्लेख छ ।
ट्रेड युनियनका नेता कुँवरले निर्वाचन जित्ने सम्भावना पनि थिएन तर केसीकै दबाबमा ज्वाँइले टिकट पाए । कुँवर नराम्ररी पराजित भए ।
ज्वाँइलाई सम्मान गरेबापत केसीले नुवाकोटमा केही पनि मागेनन् । स्थानीय तहको निर्वाचनमा केसीले आफ्नो भाग खोजेनन् ।