• जेठ २३, काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुनः कांग्रेसमै फर्कन आग्रह गरेका छन् ।



     



    कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसकेको बताउँदै डा. कांग्रेस छाडेर अन्य पार्टीमा गएकालाई घर फर्कन आग्रह गर्दै भने, ‘विगतमा हामीबाट गल्ती र कमजोरी भयो । तपाईहरुको सही मुल्यांकन हुन सकेन । अहिले पार्टी र लोकतन्त्रमाथि चारै तर्फबाट प्रहार भइरहेको छ । प्रजातन्त्रका लागि लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस् ।’



     



    पार्टी भित्र अब मुल्यांकनको परिपाटी बस्ने बताउँदै डा. कोइरालाले आउँदो निर्बाचनदेखि पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता पनि जनाए । ‘अब कांग्रेसमा नेतृत्व सुधारको अभियान सुरु भएको छ, आउँदो निर्वाचन देखि कुनैपनि कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता गर्दछु ।’



     



    काभ्रेको धुलिखेलमा पार्टीको जागरण कार्यक्रम अन्तर्गतको प्रशिक्षण कार्यक्रम लाई संबोधन गर्दै डा। कोइरालाले नेताहरुका नाममा जिल्ला–जिल्लामा गुट नचलाउन कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।



     



    कार्यक्रममा कांग्रेस काभ्रे सभापति मधु आचार्य, क्षेत्रिय सभापतीहरु कंचनचन्द्र बादे, तिर्थ लामा, महेश खरेल र रमेश हुमागाई, पुर्वसांसद कमला थापा, प्रदेश सभा उमेद्वार गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको रबैया बिरुद्ध एकजुट हुन कार्यकर्तालाई आग्रह गरे ।



     



    कार्यक्रममा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…