• जेठ २३, मोरङ । नेपाली कांग्रेस इटहरी उपमहानगर समितिले मेयर द्वारिकालाल चौधरीको व्यवहार नसच्चिए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

    बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उपमहानगर समितिका सभापति हेमकर्ण पौडेलेले सो चेतावनी दिएका हुन् । ‘कर्मचारी कुटपिट, पत्रकारमाथिको दुव्र्यवहार, भौतिक कारवाही, सुपारी दिएको जस्ता गैह्रजिम्मेवारी भनाइ र व्यवहार मेयरले सच्याउनुपर्छ । नसच्याए इटहरी कांग्रेस कडा कदम चाल्न बाध्य हुनेछ,’ उनले भने ।

    सरकारका तीन तहबाट मानवधिकार, विधिको शासन र प्रेस स्वतन्त्रता विरोधि काम भइरहेको भन्दै मेयर चौधरीलाई बोली व्‍यवहार सच्याउन पनि उनले सुझाव दिए ।

    केही समयअघि आफ्नै उपमहानगरका कर्मचारी कुटपिट गरेको तथा प्रश्न गर्दा पत्रकारलाई नै लोपार्ने, झपार्ने गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई कुटपिट गर्न आफूले १ करोड रुपैयाँ छुट्टयाएको भन्दै धम्की दिएका थिए ।

    इटहरीका पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमाथि धम्कीपूर्ण कमेन्ट गरेका मेयरलाई कमेन्टका विषयमा कुरा गर्न फोनमा कुराकानी गर्न खोज्दा तेरो हड्डी भाँच्न एउटा घडेरी नै छुट्टयाएर राखेको छु, एक करोड छुट्टयाएको छु भनेर धम्कीपूर्ण जवाफ दिएको रेकर्डिङ समेत सार्वजनिक भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…