बाहुण्डाँगी । धनगढी जुनियर जेसिजको आयोजनामा आजबाट ‘जुनियर जेसिज प्रिमियर लिग २०१९ ’ शुरु भएको छ । कैलाली बहुमुखी क्याम्पस मैदानमा सुरु भएको इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओडले खेलमा व्याटिङ गरेर उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन स्टार र पदमा बृज कोर्ष विजयी बनेका छन् । को कालिका र स्टार ब्रीज कोर्सबिच भएको खेलमा कालिका २९ रनले पराजित बन्यो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको स्टारले १४.० ओवरमा अल आउट हुँदै ११३ रनको लक्ष्य निर्धारण गरेको थियो । स्टारका खेलाडी आयुष कुंवरले सर्वाधिक २६ रन, दीपक जागृले १७ रनको योगदान दिएका थिए । कालिकाका बलर कृष्ण, बिरेन्द्र र गौरवले ३÷३ विकेट लिएका थिए ।
११४ रनको लक्ष्यलाई पुरा गर्न क्रिज प्रवेश गरेको कालिकाले १३ दशमलव ५ ओवरमा अल आउट हुँदै ८४ रनमा समिति बन्यो । स्टारका तर्फबाट नीरज र दीपकले २÷२ विकेट लिएका थिए । खेलका म्यान अफ द म्याच विजेता टिम स्टारका नीरज बलायेर भएका थिए ।
यसैगरी आजै भएको दोस्रो खेलमा पदमा ९ विकेटले जित हासिल गरेको थियो । टस जितेर एडुपल पहिला ब्याटिङ रोजेको एडुपलले १० ओवरमा अल आउट हुँदै ५२ रन बनाएको थियो । एडुपलका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पदमालाई जित निकाल्न सहज बन्यो । पदमाका बलर सुरेश कडायतले ३ ओवरमा ६ रन दिदै ४ विकेट लिन सफल भएका थिय ।
५३ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको पदमाले ३.१ ओवरमा १ विकेट गुमाउदै सहज रुपमा आफ्नो लक्ष्य पुरा गरेको थियो ।
पदमाका लागी सन्दिप बिस्टले १० बल खेल्दै २५ रन हानेका थिए भने बिबेक बोहोराले ६ बलमा १९ रनको अबिजित पारी खेलेर आफ्नो टीमलाई जित दिलाएका थिए ।
एडुपलका तर्फबाट कप्तान अंकित रानाले एक विकेट मात्र लिन सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच पदमाका सुरेश कडायत भए ।
२८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस क्षेत्रका १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले नगद २१ हजार १ सय ११ र उप विजेता टिमले नगद १२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने आयोजक धनगढी जुनियर जेसीजका अध्यक्ष सन्तोष पन्थले बताउनु भयो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित पुरस्कृत गरिने कार्यक्रम संयोजक देवराज अवस्थीले बताउनु भयो ।
जुनियर जेसीजका अध्यक्ष सन्तोष पन्थको सभापतित्व तथा धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशी, क्षेत्र घ जुनियर जेसीजका संयोजक देवराज ओझालगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुमन ढकालले गर्नु भएको थियो ।