बेलवारी,२४ जेठ
बेलवारी नगरपालीकाको लक्ष्मीमार्ग स्थीत नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद ११ नम्वर वडाले पाँच दिने उद्घोषण तथा बैठक संचालन तालीम सुरु भएको छ ।
लक्ष्मीमार्ग स्थीत डाँगिहाट युथ क्लवको हलमा शुक्रवार देखी उक्त तालिम सूरुभएको छ । “क्षमता विकास गरी सफल नेत्रीत्व बनौँ” भन्ने मुल नाराको साथ तालीम सुरु भएको परिषदका अध्यक्ष नुतन लिम्बुले बताए । कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य इन्द्र कुमार राई रहेका थिए । तालीम २८ गते समापन हुने परिषदका सचिव ज्ञानुराज राईले बताए । सचिव राईका अनुसार यस तालीम लिइसकके पश्चात उद्घोषण तथा बैठक संचालनमा दक्ष हुनेछन् । शान्ती पाख्रीन प्रशिक्षक रहेको उक्त तालीममा करिव २० जना प्रशिक्षार्थी रहेका छन् ।