• काठमाडौं । प्रहरीले वौद्धमा गोली चलाएको छ । आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
    चोरी, लुटपाट तथा आपराधिक क्रियाकलापमा संलग्न ४० वर्षीय काका भनिने छिरिङ तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको महानगरीय प्रहरी वृत वौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
    प्रहरीले पक्राउ गर्ने क्रममा छिरिङले बन्दुक निकालेर प्रहार गर्न लागेकोले आत्मरक्षाको लागि गोली चलाउनपरेको डिएसपी चन्दको भनाइ छ । छिरिङलाई माकलबारीमा रहेको प्रहरी विटनजिकै गोली हानी नियन्त्रणमा लिइएकाे उहाँले बताउनुभयो ।
    डिएसपी चन्दका अनुसार खुट्टामा गोली लागी घाइते भएका तामाङलाई ट्रमा सेन्टर लगिएको छ । छिरिङसँगै योगेन तामाङ घिसिङलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरुले समूह बनाएर डेढ महिना अघि वौद्धको सुन पसल चोरी गर्नुका साथै अन्य ठाउँमा पनि संगठन बनाएर लुटपाट गरेकाे प्रहरीले जनाएको छ ।
    घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…