काठमाडौं, जेठ २४ । केही महीना अघि जिल्ला प्रहरी कार्यालय दाङले एक उपभोक्ताले दोस्रो पटक लिएको शंकास्पद डिजेलको स्याम्पल प्रहरी कार्यालयवाटै गायव भएको छ ।
उपभोक्ता विर क्षेत्रीले आफ्नो कारमा घोराहीको कपासी बगियामा रहेको कृजल पेट्रोल पम्पबाट डिजेल हालेको दाबी गर्दै डिजेलमा पानि मिसियो भनेर जिप्रका दाङ गुनासो गरेपछि जिप्रका दाङले लिएको दोस्रो स्याम्पल लिएको भएपनि महीनौ वितिसक्दा समेत त्यसको नतिजा वाहीर ल्याएको छैन् ।
प्रहरीले पेट्रोल पम्प सञ्चालक र गुनासो गर्ने उपभोक्ता मिलेका कारण प्रहरीले आफै ल्याएको दोस्रो स्याम्पल परीक्षणका लागि नपठाएको भनेको छ ।
यसअघि उपभोक्ताकै गुनासोकै आधारमा क्रीजल पेट्रोल पम्पको डिजेलका शंकास्पद भएको भन्दै सो पेट्रोल पम्पको नोजल र ट्याङ्किवाट पहिलो स्याम्पल लिएर जिल्ला प्रहरी कार्याालय दाङले गुणस्तरयुक्त देखीएको भनेर आयल निगमक गुणस्तर कार्यालयवाट रिर्पोट वाहीर ल्याएको थियो । पहिलो स्याम्पल परीक्षणको रिर्पोट प्रहरीले जिल्ला प्रशासनसमेत पठाएको थियो ।
दोस्रो पटक लिईएको स्याम्पलको हालसम्म नतिजा आएको छैन। यस वारेमा जिल्ला प्रशासन कार्यालय दाङले दोस्रो पटक स्याम्पल लिएको सार्वजनिक सञ्चारमाध्यममा आइसकेकाले त्यो रिर्पोट प्रहरीले वाहीर ल्याउनुपर्ने र स्थानिय प्रशासनलाई हालसम्म नपठाएको दावि गरेको छ । दोस्रो स्याम्पलको नतिजा वाहीर नआएपछि रहष्यमय भएको छ ।
प्रहरी कार्यालयले आफैले लिएको दोस्रो स्याम्पल परीक्षणकै लागि पनि सम्वन्धित पक्ष कहाँ नपठाएर लापरवाही गरेको जिल्लाका सरोकारवाला बताउछन् ।
उपभोक्ताको गुनासोको आधारमा प्रहरीले ल्याइसकेको स्याम्पलको नतिजाको वारेमा भएको कुरा आउनुपर्नेमा त्यसलाई दुवै पक्ष मिलेको भनेर लुकाउनु र वाहीर नल्याउनु राम्रो पक्ष नभएको र यसले शंका गर्ने थप वल पुगेको सरोकारवालाको भनाई छ ।
पहिलो स्याम्पल दुई दिनमै आएपनि दोस्रो स्याम्पलको नतिजा हालसम्म नआउनुले प्रहरीलाई आफै शंकाको घेरामा तानिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले दोस्रो लिईएको स्याम्पल गुणस्तरसहीन पाईए सम्वन्धित पेट्रोल पम्पलाई कानुन वमोजिम कारवाही गर्न तयार रहेको बताएको छ । यो विषयमा दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डे स्वयम जानकार रहेका छन् ।
तर, यो वारेमा एसपि पाण्डेले औपचारीकरुपमा वोलेका छैनन् । एसपि पाण्डे र सम्वन्धित पेट्रोल पम्पका सञ्चालक विच सुमधुर सम्वन्ध रहेको बताइन्छ ।