काठमाडौं, २४ जेठ । नेपाल प्रहरीमा महानिरीक्षक सर्वेन्द्र खनाल केही समय यता निकै अप्ठेरोमा परेको थाहा भएको छ । गृहमन्त्रालय र विशेष गरी गृह सचिव प्रेम राईले आइजीपी खनाललाई अप्ठेरोमा पारेको चर्चा मन्त्रालय र प्रहरी संगठनभित्र भइरहेको छ ।
गृह सचिव राईले कतिसम्म गरेका छन् भने आइजीपी खनाललाई भारत भ्रमणमा जान समेत रोकेका छन् । भारतबाट खनाललाई गत महिना भारत भ्रमणको निम्तो आएकोमा गृह सचिव राईले भ्रमण स्वीकृत नगरी अप्ठेरोमा पार्ने काम गरेका हुन् ।
राईले भ्रमणको उदेश्य र औचित्य खोज्दै कार्यक्रम स्वीकृत नगरेको बुझिएको छ । गत चैतमा थाइल्याण्डमा भएको विमस्टेक सदस्य राष्ट्रहरुका भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालले पाकिस्तानबाट आतंकवादी क्रियाकलापमा सघाऊ पुगेको भन्ने प्रस्तावमा सहमति जनाएको बहाना झिकेर गृह सचिव राईले खनालमाथि निरन्तर दुःख दिइरहेको स्रोतको भनाइ छ ।
उक्त विषयमा समेत पटक पटक खनालसँग सोधपुछ गरेका राईले भारतबाट भ्रमणकै निम्तो आएपछि त आइजीपी खनाललाई झन शंकाको नजरले हेर्ने गरेको बुझिएको छ ।
तर, प्रहरी प्रमुख खनालको भ्रमण रोकि नै रहने हो खुला सिमाना भएको भारतसँग गर्नुपर्ने सुरक्षा व्यवस्थापनको विषयमा भारतीय पक्षबाट सहयोग नभए के हुन्छ भन्नेतर्फ गृह सचिव राईले नसोचेको चर्चा पनि प्रहरीभित्र हुने गरेको छ ।
कुलमान विरुद्ध को–को लागेका छन् ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध सत्ताधारी दलकै सांसदहरु खुलेर लाग्न थालेका छन् । कमिशनखोर व्यापारीहरुको पक्षपोषण गर्दै केही सांसदहरु घिसिङ विरुद्ध एकजुट भएका हुन् ।
केही समय अघि मोरङका माओवादी सांसद अमनलाल मोदीले लेखा समितिमा कुलमान विरुद्ध नानाथरी आरोप लगाएका थिए । तिनको आरोपभित्र उनको कालो चरित्र लुकेको थाहा भएपछि कुमानको पक्षमा झन बलियो माहोल बनेको थियो ।
गत मंगलबार संसदको शून्य समयमा बोल्दै भक्तपुरका सांसद महेश बस्नेतले कुलमान विरुद्ध त्यस्तै विष बमन गरे । कुलमानले अर्बौं भ्रष्टाचार गरेको मनगढन्ते आरोप लगाउँदै बस्नेतले उनलाई अख्त्यिार र सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका थिए ।
मूलतः गुण्डागर्दीको पृष्ठभूमिका बस्नेतको बोलीलाई पनि जनस्तरबाट लोप्पा खुवाउने काम चाहीँ भइसकेको छ । घिसिङ विरुद्ध सत्ताधारी दलका अन्य सांसदहरु पनि लागेको थाहा भएको छ ।
त्यसरी लाग्नेहरुमा सत्तारुढ दलकै सांसद लेखराज भट्ट, प्रेम आले, खगराज अधिकारीलगायतको समूह रहेको बुझिएको छ ।
मुलुकलाई फेरि अन्धकार फर्काउन चाहने कमिशनखोरहरुको समूह र डेडिकेटेड फिडरबाट बिजुली लिएर पैसा नतिरेका व्यापारीहरुको समूह अहिले ज्यान फालेर कुलमान विरुद्ध लागेका हुन् ।
उनीहरुले अदालत बरु किन्न सकिन्थ्यो कुलमानलाई किन्न सकिएन भन्दै हिँड्ने गरेको समेत सुनिएको छ । अर्काथरी प्राधिकरणकै कर्मचारीको समूह पनि कुलमान विरुद्ध लागेको छ ।
उनीहरुले कुलमान विरुद्ध के के आरोप लगाउन सकिन्छ भन्दै खोज्ने र त्यसलाई कमिशनखोर व्यापारी र सांसदहरु कहाा पुर्याउने काम गर्दै आएका छन्, नेपालीपत्रमा उल्लेख छ ।
कुलमान आफैंले पनि कर्मचारीकै एउटा समूहले आफूलाई असहयोग गरिरहेको पनि बताउँदै आएका छन् । तर कुलमान विरुछ जुन सरकारले निर्णय लिन्छ त्यो सरकार जनताको नजरबाट गिर्ने अवस्था बनेका कारण मात्रै कुलमान पदमा थामिएका हुन् ।