• जेठ २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि युवा भोको बस्नु नपर्ने तथा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् ।

    शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

    कार्यक्रममा उनले भने, ‘सरकारले युवाहरूलाई देशभित्रै रोजगारीका अवसरहरू ल्याएको छ । अब बाध्यताले काम खोज्दै कोही पनि युवा विदेश जानु पर्दैन । कोही पनि युवा भोकै मर्नु पर्दैन ।’ बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी कार्यान्वयमा जोड दिने उनले बताए।

    यस्तै उनले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिए । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै उनले भने, ‘राजतन्त्र फर्काउन चाहनेहरुलाई देखेरे दुःख लाग्छ। २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि किन चाहियो ?’ भन्दै प्रश्न गरे ।

    राष्ट्रनिर्माणको अभियानलाई अल्मलाउने र भड्काउनतिर लागि परेको भन्दै प्रम ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथा कथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…