देबु बानियाँ ।
बाहुण्डाँगी । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदुतमा सिफारिस हुनु भएको छ ।
शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले जेसीजका पूर्व अध्यक्ष दाहाललाई राजदुतमा सिफारिस गरेको हो । २०११ सालमा नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको नेतृत्व सम्हाल्नु भएका सिनेटर दाहाल नेपाल जेसीजका कुशल प्रशिक्षक समेत हुनुहुन्छ । स्पष्ट वक्ता, कुशल नेतृत्व दाहाल जेसीज युवाहरु माझ लोकप्रिय हुनुहुन्छ । दाहाल सारदानगर जेसीजका संस्थापक अध्यक्ष हुनुहुन्छ । राजदुतमा सिफारिस भएको खबरले सिंगो नेपाल जेसीजले गौरब गरेको वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर मेहश पौडेलले बताउनु भयो । ‘हामी जेसीजरुको गौरवको विषय हो ’ पौडेलले भन्नु भयो जेसीज अभियानसँगै देशका लागि लामो समयदेखि क्रियाशील उहाँलाई नेपाल सरकारले गरेको यो सम्मानप्रति आभार प्रकट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ दाहालले नेपाल टेलिभिजनको अध्यक्षमा रहेर समेत नेतृत्व गर्नु भयो । लामो समय नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभाग सम्हाल्नु भएका दाहाल केही वर्ष अघि माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । उहाँ नेकपा अध्यक्ष पुष्पकमल दाहालका भाई (काकाको छोरा) हुनुहुन्छ ।