पथरी । पथरीमा झण्डै डेढ महिना दिन अघि रिना बस्नेतको तिन तलामाथिबाट खसेर मृत्यु भएको थियो । यसलाई कसैले हत्या भने त कसैले मापसे गरेर झरेर मृत्यु भएको भने । अनुसन्धानमा थुप्रैलाई पक्राउ गरि प्रहरीले केरकार गर्यो ।
आमा बिष्णुमाया खड्काले छोरीको आत्महत्या नभएर हत्या नै भएको बताउछिन् । उनलाई आत्महत्या भन्ने कुरामा रतिभर विश्वास छैन् । तर, अनुसन्धान गर्ने निकाय प्रहरी प्रसाशन हो । प्रहरीले , हत्या नभएर आत्महत्या भएको निश्कर्ष निकालेको छ । तर बजारमा अझै रिनाको विशषमा टिकाटिप्पणी आईरहेको छ । ‘पथरीमा बजारमा पैसामा ठिसमिस भयो केस भन्नेहरु धैरै छन्, तर तथ्यगत प्रमाण भने छैन् । रिनाको आमाले छोरीको हत्या भएको बताउछिन् । सबैलाई हत्या भएको भनेर थाहा छ,तर राज्यले किन आत्महत्या भन्यो ? आमाको प्रश्न छ । रिनाको आमाले एकदिन न एकदिन बाहिर रहस्य आउने र हत्यारा पत्ता लाग्ने बताईन् ।
युवा मन नेपालसँग कुराकानी गर्दै रिनाको आमाले परिवारलाई पैसामा बिबेको आरोप लगाउदा मन रोएको बताईन् । भन्छिन्, अनुसन्धान हुँदै गर्छ, लाश कुहिन आट्यो भनेपछि दाहसंस्कार गरेको हो ।
हामीलाई बाउआमा पनि बिके भनेर भनिएको रैछ, आफ्नो सन्तान त्यस्तो अवस्थामा फेला पर्दा के तपाईहर पैसा खान सक्नुहुन्छ, आमा बिष्णुमायाले गहभरी आँशु पार्दै भनिन् । आमाले रिनाको हत्याकाण्ड गुमनाम पार्न करोडौको चलखेल भएको भन्दै बदनाम पार्न खोजेको जिकिर गरिन्
रिनाको आमासँगको कुराकानी बाँकि भिडियोमा
२९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट र अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको प्रहरीले बताएका थियो ।
प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो। रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जनाले दिएको बयानमा शंका लागेपछि प्रहरीले पोलिग्राफ टेस्ट गरेको थियो। पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो या होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ।
रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको प्रहरीको भनाई छ ।
पथरीशनिश्चरे नगरपालिका–१ मा डेरा बसेको घरमुनि वैशाख ७ गते शनिबार विहान रिनाको शव निर्वास्त्र अवस्थामा फेला परेको थियो। श्रीमान सन्तोश बस्नेत वैदेशिक रोजगारीमा थिए। उनी १४ वर्षीय छोरासँगै वीरबहादुर बस्नेतको घरको तीन तलामाथि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर गरिएको आन्दोलनका कारण पथरी बजार वैशाख ९ र १० गते तनावग्रस्त बनेको थियो। त्यसबेला झडपमा परेर ५ स्थानीय र ३ प्रहरी पनि घाइते भए वैशाख १५ गते मात्रै रिनाको अन्त्येष्टी गरिएको थियो।
त्यतिबेलै प्राप्त पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट र प्रहरीको अनुसन्धानले पनि डेरा बसेको घरको तीन तला माथिबाट खसेर रिनाको मृत्यु भएको देखाएको थियो। ‘अहिलेसम्मको अनुसन्धान र सबै खाले रिपोर्टले हत्या भएको र त्यसमा कोही कसैको संलग्नता रहेको देखाउँदैन,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘तीन तला माथिबाट झरेकाले लागेको गम्भीर चोटका कारण मृत्यु भएको कुरा पोस्टमार्टम र पोलिग्राफको अन्तिम रिपोर्टले पनि पुष्टि गरेको छ।’
घटनासँग जोडेर गर्नु पर्ने अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ।
महिलाको मृत्यु जस्तो संवेदनशील विषयलाई हत्या भनेर अनर्गल प्रचार गर्ने यूट्युबर र दर्ता बिनाका अनलाइन सञ्चालकमाथि अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ ।