• बाहुण्डाँगी । पूर्वी नेपालको सिमाना बाहुण्डाँगीमा जन्मिएकी चेली विजयीता भण्डारीको ‘म हुँ नेपाली’ कविता संग्रह काठमाडौँमा विमोचन भएको छ । गतिशिल साझा साहित्य आवाजले ल क्याम्पस काठमाडौमा आयोजना गरेको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि गोरखा पत्र दैनिकका प्रधान सम्पादक ओम श्रेष्ठ रोदनले विमोचन गर्नु भएको थियो । संग्रहमा २८ वटा कविता संकलित छन् । कविता संग्रहको समिक्षा कविता शर्माले गर्नु भएको छ । समिक्षक लेखकको रुपमा समेत रहने भएकी शर्माकै प्रेरणा र निरन्तरको अभिभावकत्वका कारण यो संग्रह काठमाडौँमा विमोचन भएको लेखक÷कवि भण्डारीले बताइन् ।
    मेचीनगर ४ बाहुण्डाँगी निवासी २३ भण्डारीले सरस्वती माविबाट माध्यमिक तहको अध्ययन सकेकी हुन् । भानु मावि मेचीनगर २ बाट आए अध्ययन गरेकी भण्डारी कक्षा ६ देखि नै कविता लेख्दै आएकी थिइन् । सानै उमेरदेखि साहित्य क्षेत्रमा रुची राख्दै आएकी भण्डारीका कविता देशभक्ति भावनामा रचिएका छन् । लामो समयदेखि कोरिएका कविताहरुलाई उनले यो वर्ष सार्थक रुप दिँदै संग्रह निकाल्न सफल भइन् ।
    उनका कविता संग्रहमा ‘म हुँ नेपाली’, प्रेम, मायामा युद्ध भए, आँसु, आकाश, मेरो नेपाल, मृत्यु, बुझ्ने प्रयास, नेपालको बाध्यता विदेश, मान्छेले प्रसाका लागि जे नै गर्छ, अतित, छोरीको विदाई, अशान्ति, सन्नतिको कल्पना, फुल, शहर, बाल्यकालका सपनाहरु, मेरो देश, मान्छे, बेरोजगार युवा, एउटा खाते, बोहुलाई, आमा, शहिद, जीन्दगी, ए नारी, वेदना, श्रृष्टिको अन्त्य हुन्छ’ लगायतका कविताहरु रहेका छन् ।
















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…