• बाहुण्डाँगी । उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाले समाजमा रहेका दिदीबहिनीहरुको व्यक्तिको नेतृत्व र व्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि हेटौँडा लेडी जेसीजले खेलको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
    हेटौंडा लेडी जेसीजको वर्ष २०१९ को जेसीज सप्ताहको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई शनिवार हेटौँडामा सम्बोधन गर्दै उप प्रमुख लामाले लेडिज जेसीजले गरेका कार्य प्रति आभार व्यक्त गर्दै महिलाले पनि समाजमा केही गर्न सक्छन भन्ने कुरा हेटौंडा लेडिज जेसिजले प्रमाणित गरेर देखाएको बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहुन भएकी उपप्रमुख लामाले सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गर्दै हरेक समय यो समाजलाई सकरात्मक बाटो तर्फ डोहोर्याउन अग्रसर लेडी जेसीजप्रति आभारी रहेको बताउनु भयो । साथै उहाँले आगामी वर्षका हरेक कार्यक्रममा हेटौँडा उपमहानगरपालिका समेत सहकार्य गरेर जेसीजको अभियानमा काम गर्ने बताउनु भयो । उपप्रमुख लामाले आउँदो आर्थिक वर्षमा लेडीज जेसीजलाई विशेष प्रागमिकतामा राखेर महिलाको सिप तालिम र महिला शसक्तिकरणका क्षेत्रमा काम गर्नका लागि सहकार्य गर्ने बताउनु भयो । शाखाकी पूर्व अध्यक्ष समित्रा श्रेष्ठले लेडी जेसीजले हरेक वर्ष सामाजिक क्षेत्रमा क्रियाशील भएर गतिशिल रुपमा अघि बढेकोमा बधाई ज्ञापन गर्नु भयो । उहाँले आफु पूर्व अध्यक्ष भएकोमा गर्वको अनुभूती हुने गरेको बताउँदै आगामी दिनमा समेत निरन्तरताको शुभकामना व्यक्त गर्नु भयो ।
    समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
    शुक्रवार आयोजित ‘नेपाली समाजमा महिलामाथि हुने सामाजिक तथा सांस्कृतिक हिंसा’ बिषयक ‘बुद्ध रत्नशाक्य स्मृति’ विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता राम किरण शाह प्रथम, प्रतिमा विक दोस्रो, दिब्यानी मैनाली तेस्रो, एवंम आयुषा मानन्धर र रूविना श्रेष्ठ सान्तवना भएका थिए ।
    कविता प्रतियोगितामा स्तुती लामिछाने प्रथम, रविना लामा दोस्रो, बर्षा नेपाली तेस्रो तथा स्नेहा प्रधान र रोहन ढुंगाना सान्तवना भएका थिए । उनीहरु सबैलाई पुरस्कार वितरण गरिएको थियो ।

    २०१९ की अध्यक्ष सुष्मा लटौलाको अध्यक्ष्तामा सम्पन्न कार्र्यक्रममा शाखाका पूर्व अध्यक्षहरु रस्मी बस्नेत, निसा रोक्का, अन्जना उपाध्याय र सुमित्रा श्रेष्ठ, मातृ शाखा हेटौँडा जेसीज २०१९ अध्यक्ष सन्देश डिसी, निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देल, पत्रकार सहासंघ मकवानपुर सचिव गणेश दपर्ण अधिकारी , बसामाडी जेसीज अध्यक्ष सरोज अधिकारी, बस्तिपुर जेसिज अध्यक्ष सुनिल अधिकारी, गल्फ लुब्रिकेन्टका क्वालिटि मेनेजर हिरामणी त्रिताललगायतको सहभागिता कार्यक्रम मुल संयोजक शुसिला पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ,महासचिव ज्योत्सना भण्डारीले गुर्न भएको थियो ।
    सप्ताह अन्तर्गत हेटौंडा लेडिज जेसिजले वृक्षारोपण, स्टेश्नरी तथा पोषक वितरण, स्लो स्कुटर रोस, बादविवाद प्रतियोगिता, कविता प्रतियोगिता , हेटौँडा १५मा रहेको दिव्य आश्रममा भोजन लगायतका कार्यक्रम आयोजना गर्दै यस वर्षको सप्ताहलाई उत्कृष्ट रुपमा सामाजिक क्षेत्रमा सम्पन्न गरेको छ ।












सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…