• उर्लाबारी । धिमाल जातीय विकास केन्द्रले प्रदान गर्दै आएको “धिमाल युवा प्रतिभा पुरस्कार २०७६” यस वर्ष दिपेन धिमाललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौट समितिको बैठकले अन्तराष्ट्रिय पदक विजेता झापा विर्तामोडका दिपेन धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान गरिनेछ ।

    चिनमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्डो हिरो कप प्रतियोगीतामा दिपेन धिमालले गोल्ड मेडल जितेका छन्, भने झापा तेक्वान्डोका च्याम्पीयन उनी पुर्वाञ्चल तथा राष्ट्रिय स्तरका प्रतियोगीता समेत जितेका छन् । गोल्ड मेडलिष्ट दिपेन धिमाल खेलकुदको अलवा सामाजिक काममा समेत सकृय छन् । उनले सडक बालबालिका, गरिबीको चपेटामा रहेका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

    आफुले सन्चालन गर्दै आएको एकेडेमीबाट प्राप्त रकमको केहि हिस्सा उनले सो क्षेत्रमा खर्चिदै आएका छन् । धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहनु भएका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो ।11

    धिमाल डट कमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलिका सदस्य फुटबलर रजिन धिमाल, बडिबिल्डर विकास धिमाल र गायिका मेचु धिमाललाई प्रदान गरिएको थियो । पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…