• बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा नेपालमै पहिलो पटक भएको विजनेस एकोडमी शनिवार सम्पन्न भएको छ ।
    पोखरमा जेठ २२ गतेबाट भएको ४ दिवसीय एकोडमीले सहभागि जेसीज व्यवसायीहरुलाई थप उत्साहित बनाउँदै सम्पन्न भएको छ । एकाडेमीमा सहभागिहरुले यो एकाडेमीले आफ्नो व्यवसायमा थप उर्जा मिलेको बताए । एकाडेमीमा सहभागि सौराह जेसीजका अध्यक्ष तथा गैरीवारी रिसोर्ट सौराहका सञ्चालक युवा व्यवसायी शिव भुषालले एकाडेमीले आफ्नो व्यवसायमा उर्जाका साथ अघि बढ्ने हौषला मिलेको बताउनु भयो । ‘जुन रुपमा आफ्नो व्यवसाय चलेको थियो त्यसमा थप निखारपनका साथ यो एकाडेमीले व्यवसाय गर्न उत्प्रेरित गरेको छ ।’ अध्यक्ष भुषालले भन्नु भयो ।
    एकोडमीमा सहभागि हुन देशभरका ७० जना जेसीजमा आबद्ध रहेका व्यवसायीहरुको सहभागिता रहेको थियो ।
    एकाडेमीका लागि चिफ ट्रेनरका रुपमा रमन नाएर, को–पाइलट सेली चौधरी र नेपालका सिनेटर राजाबाबु शाह रहनु भएको थियो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा यस क्षेत्रका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालले एकोडमीलाई सफल बनाउन देशभरबाट आएको साथ र समर्थनसहितको सक्रिय सहभागिताले आगामी दिनका कार्यक्रमहरुलाई अझ उत्साहित बनाएको बताउनु भयो ।
    निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय महासचिव सिनेटर अभिषेक श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…