• काठमाडौं, २६ जेठ । चीनसँग चोडिएको महत्वपूर्ण र छोटो दुरीका नेपालको तातोपानी भन्सार नाका २०७२ को विनाशकारी भूकम्पदेखि बन्द थियो ।

    विविध कारण देखाउँदै चीन सरकारले बन्द गरेको तातोपानी नाका २०७६ जेठ १५ बाट संचालनमा आएको छ । तातोपानी नाका संचालन नहुँदै विगतमा रक्तचन्दन तस्करीमा सेटिङ गरी अकूत सम्पत्ति आर्जन गर्ने प्रहरीहरु काभ्रे र सिन्धुपाल्चोक जिल्ला प्रहरीमा सरुवा हुनका लागि सल्बलाउन थालेका छन् ।

    रक्तचन्दन तस्करहरुसँग पुरानो सम्बन्ध रहेका असई रामबहादुर चौधरी काभ्रेमा सरुवा हुन दौडधुपमा लागिसकेका छन् । हाल भक्तपुरको जगाते प्रहरी वृत्तमा कार्यरत असई चौधरी २०६४ देखि २०७० सम्म काभ्रे प्रहरीमा कार्यरत थिए ।

    काभ्रेमा हुँदा हवल्दार पदमा भए पनि रक्तचन्दन तस्करहरुसँग उनको सम्बन्ध अति राम्रो थियो । रक्तचन्दन तस्करसँग उनले मिलेमतोबारे धेरै नै गुनासो आएपछि उनलाई तत्कालीन आईजीपीले रोल्पा सरुवा गरिएका थिए ।

    तर, रक्तचन्दन तस्करहरु विष्णु खत्री, सुमन खत्री, बच्चु पौडेल, राजकुमार पौडेल, गोपाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, दावा लामा, गणेश लामा, चन्द्र तामाङ घिसिङलगायतसँग उनको सम्पर्क र सम्बन्ध रोल्पा पुगे पनि कायम थियो ।

    उनी रोल्पामा सरुवा भए पनि काठमाडौंमै बसी रक्तचन्दन तस्करहरुको सूचकको काम गर्दै आएका थिए । यो कुरा प्रहरी नेतृत्वलाई जानकारी भए पनि उनलाई कार्यक्षेत्रमा जान कसैले दबाब नदिने अर्थपूर्ण रुपमा लिइने गरिन्थ्यो ।

    रक्तचन्दन तस्करहरुसँगको मिलेमतोबाट उनले अकूत सम्पत्ति आर्जन गरेको उनी निकट प्रहरीहरु नै बताउँछन् ।

    स्रोतका अनुसार उनले भक्तपुर, कौशलटारमा ६ आना जग्गा खरिद गरी अत्याधुनिक बंगला बनाउनुको साथै महाबौद्धमा चाइनिज सामानका होलसेल पसल र भक्तपुर कौशलटारमै चाइनिज कस्मेटिक पसल खोलेका थिए ।

    देखाउनका लागि जेठान गणेश नेपाललाई लगानीकर्ता बनाइए पनि सम्पूर्ण कारोबारमा चौधरीको लगानी रहेको छ । असई चौधरीले तातोपानी नाका संचालन हुने भएपछि उनले पाँचखालको प्रहरी कार्यालय नजिकै मिनीमार्केट निर्माण सुरु गरिसकेका छन् र काभ्रेमा सरुवा मिलाउन शक्तिकेन्द्र मार्फत् दबाब दिइरहेका छन् ।

    उनी काभ्रेमा सरुवा भएपछि तीकरीको लाइन संचालन गर्न पाँचखाल प्रहरीका इन्चार्ज हुने दाउमा छन् । प्रहरीका हाकिम मिलाउन खप्पीस उनले काभ्रेमा हुँदा तत्कालीन प्रहरी प्रमुख डीएसपी सुरेन्द्र मैनालीलाई समेत सेटिङ गरी रक्तचन्दन तस्करीमाट लाभ पुर्याउने काम गरेका थिए ।

    मैनालीले त्यतिबेला चौधरी सिपाही सिद्धिविक्रम कार्कीलाई रक्तचन्दन तस्करीबाट घुस संकलन गर्न परिचालन गरेका थिए । चौधरी र कार्की दुवैलाई घुमुवाका रुपमा रिचालन गरेका मैनालीले मासिक निश्चित रकम बुझाउनुपर्ने दररेट तोकेका थिए ।

    जुन रकम तस्करहरुबाट असुली गर्न नसके जुनसुकै माध्यमबाट भए पनि घुमुवाहरुले बुझाउनै पर्ने बाध्यता बताएका थिए । त्यसै कारण तस्करहरुसँग जसरी पनि रकम उठाउनुपर्ने बाध्यता रहेको त्यसबेला आफू निकटकाहरुलाई उनीहरुले गुनासो पोख्ने गरेका थिए ।

    तस्करहरुको रक्तचन्दनको स्कर्टिङ गर्ने क्रममा सिपाही कार्की पक्राउ परी हिरासतमा पुगे । उनको जागिर नै गयो । मैनालीले कार्कीलाई सहयोग गर्ने आश्वासन दिई बयानमा आफ्नो नाम नभन फकाए ।

    तर, पछि कार्कीलाई उनले कुनै सहयोग नगरेपछि उनी कारबाही भोग्न बाध्य पारिए । जसको निर्देशनमा रक्तचन्दन तस्करी गर्न सघाए, तिनै हाकिमले उनलाई धोका दिएको महसुस कार्कीले गरेका छन्, गोलमेचमा उल्लेख छ ।

    रक्तचन्दनबाट फाइदा लिने हालका एसपी मैनालीदेखि रामबहादुर चौधरीले कुनै कारबाही भोग्नु परेन । तातोपानी नाका बन्द भएछि रसुवागढीबाट व्यापार गर्ने व्यापारीहरुसँग अहिले पनि चौधरीको उठबस राम्रै छ ।

    रसुवागढीबाट भञ्सार छली गरी तस्करी गर्ने तस्करहरुको सूचनाको काम अहिले पनि चौधरीले गर्दै आएको स्रोत बताउँछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…