• बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको आयोजनामा सम्पन्न मदर डान्सको उपाधि गंगा बस्यालले जित्नु भएको छ । जेसीज सप्ताहको समापन समारोहको अवसरमा आयोजित प्रतियोगितामा बस्यालले प्रथम स्थान हासिल गर्नु भएको हो । यस शाखाले यो मदर डान्सलाई हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।
    समापन समारोहमा शाखाले उत्कृष्ट महिला सम्मान समेत गरेको छ । सुर्खेत महिला जेसीजकी अध्यक्ष सिया प्रधानले यो वर्ष ल्याउनु भएको ‘परिवर्तन देख्न चाहानु हुन्छ भने सुरुवात आफैबाट गरौँ’ भन्ने थिममा रहेर यस क्षेत्रमा क्रियाशील एक जना उत्कृष्ट महिलालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रमा क्रियाशील विरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्य सह संयोजक सिता शर्मालाई यो वर्षको उत्कृष्ट महिलाका रुपमा सम्मान गरिएको हो । स्वास्थ्य क्षेत्र संँगै विभिन्न सामाजिक क्षेत्रमा रहेर लामो समयदेखि क्रियाशिल शर्मालाई शाखाको तर्फबट कदर पत्र दोसल्लासहित सम्मान गरिएको थियो ।
    यसैगरी समापनकै अवसर पारेर कक्षा १० मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थी गिता परियारलाई ४ हजार ४ सय ४४ आर्थिक सहयोग गरेको थियो ।
    यसैगरी, सोही दिन सुर्खेतमा अवस्थित एसओएस बाल ग्रामलाई नगद सहयोग गरेको थियो । जसमा शाखाको तर्फबाट ७ हजार २ सय रुपैया सहयोग गरिएको वर्ष २०१९ की कार्यक्रम मुल संयोजक रश्मि शाक्यले बताउनु भयो ।

    सुर्खेत लेडी जेसीज २०१९ की अध्यक्ष सिया प्रधान कार्कीको अध्यक्षता तथा शाखाकी संस्थापक महासचिव ज्योति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोती प्रसाद कँडेल, सुर्खेत उधोग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल, उधोग वाणिज्य संघका कोषाध्यक्ष एवम् विरेन्द्रनगर जेसीजका पुर्व अध्यक्ष भद्र भण्डारी, वीरेन्द्रनगर जुनियर जेसीजका २०१८ का अध्यक्ष यज्ञ खत्री, विरेन्द्रनगर जेसीजका महासचिव कटक थापा, उधोग वाणिज्य संघका सदस्य राजु पाण्डे, वालविकास केन्द्रका लंका गिरि, मिस सुर्खेत २०१८ श्रुति खड्का, कमला जैशि, कुमार सम्सेर थापा, तोप वहादुर थापालगायतको उपस्थिति रहेको थियो । शाखाले समापन समारोहका लागि अनु गुरुङ, देविका थापा, सिता भण्डारी र मिना गुरुङलाई कार्यक्रमको संयोजक जिम्मेवारी प्रदान गरिएको थियो ।
    शाखाकी कार्यकारीणी उपाध्यक्ष प्रमि शाक्यले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यले गर्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…