जेठ २६, झापा । उपचारको क्रममा मृत्यु भएपछी झापाकाे बिर्तामोडस्थित कन्काइ अस्पताल तनावग्रस्त भएको प्रहरीले जनाएको छ ।
उपचारमा हेलचक्याई गर्दा मृत्यु भएको भन्दै आक्रोशित बनेका आफन्त र स्थानियवासीले अस्पतालमा तोफफोड गदा अस्पताल तनावगस्त हुन पुगेको हो ।
गत जेठ २२ गते एपेन्टिसाइटिस रोगकाे उपचार गर्न कन्काइ अस्पतालमा भर्ना भएकी इलाम सूर्यादय नगरपालिका–९ की बिबिशा तामाङको भर्ना गरिएको पाँचौँ दिन आज आइतबार बिहान अस्पतालले उपचार गर्न नसक्ने भन्दै विराटनगर रिफर गरेको र त्यसतर्फ लाने क्रममा बाटोमै तामाङको मृत्यु भएको थियाे ।
बालिकाको बाटौमै मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानियवासीले अस्पतालमा तोड्फोड् गर्दा तोड्फोड्लाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र तीन सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
अहिले यस घटनाबारे मृतकका आफन्त र अस्पताल प्रशासन बिच छलफल चलिरहेको प्रहरीले जनाएको छ ।