• पथरी: लेटाङ्ग नगरपालिकाका प्रमुख शंकर राईले खोला दोहनका विषयमा मिडियाले अनावश्यक भ्रम फैलने गरी आफ्नाविरुद्ध समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

    लेटाङ्ग नगरपालिकामा आइतवार पत्रकार सम्मेलन गरेर मेयर राईले खोला दोहनका विषयमा केही समुह र अनलाइनहरु हात धोएर लागेको आरोप लगाएका हुन । उनको भनाइ थियो,विकाश निर्माणका काम गरेको कसैले देख्दैन खोला दोहन को आरोप पनि म माथी नै लगाइयो । खोलाको ठेक्का लेटाङ्ग नगरपालिकाले आफु खुसी खोला लगाउन नपाउने उनले बताए । यसको लागि वन कार्यालयदेखी केन्द्रसम्मको सहमतिमा कति खन्ने भन्ने आधारसहित स्थानिय चिसाङ्ग खोलावाट खोला जन्य सामाग्री निकालिएको उनको दावी गरे । केही स्थानीय व्यक्तिको उक्सावटमा प्रदेशसभा सदस्य पनि आफु विरुद्ध लागेको प्रति दुःखी भएको उनको भनाइ थियो ।

    स्थानीय चिसाङ्ग खोलाबाट खोला जन्य सामाग्री निकाल्दा अनाधिकृत रुपमा धेरै खोला जन्य सामाग्री निकालिएको प्रति प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे पनि रुष्ट वनेका थिए । त्यसतर्फ इकित गर्दै राईले खोला दोहनको कार्यमा नगरपालिका दोषी नभएको स्पष्ट पारेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…