धरान / पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिएर चर्चामा आएका इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकालाल चौधरीले प्रेस जगतलाई चोट गर्ने गरि व्यक्त गरिएको अभिव्यक्ति फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले आज साँझ विज्ञप्ति जारी गदैं प्रेच जगतलाई परेको चोटप्रति दुःख व्यक्त गर्दै आफ्नो व्यक्त विचार फिर्ता लिएको घोषणा गरेका हुन ।
विज्ञप्ति जारी गर्दै चौधरीले भनेका छन्,– ‘प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’ मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज २४ टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने, कालोमोसो दल्लेजस्ता धम्कीपूर्ण भाषामा अन्तर्वार्ता दिएका थिए । उनले विज्ञप्तिमा प्रेस जगतलाई आघात पार्ने आफ्नो कुनै लक्ष्य नभएको प्रष्ट पारेका छन् ।
२१ गते इटहरीका एक जना पत्रकारले फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण तरिकाले फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गदै प्रेस जगतलाई आघात पर्न गएको हद सम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।’–जारी विज्ञप्तिमा भनिएको छ ।
उनले आफू लामो राजनीतिक यात्रा पार गरेर आएको भन्दै आफू उदण्ड उदण्ड नभई अनुशासित नेता भएको दाबी समेत गरे । उनले २४ बर्षकै उमेर जनप्रपितनीधि भएर परीक्षण भइसकेको दावी गदैं इटहरीउपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा मेयर चौधरीले सञ्चारजगत पनि जिम्मेवार हुन सुझाएका छन् । उनले ‘हामी दुवै पक्ष परिस्किृत र परिमार्जित वन्दै इटहरीको सम्वृद्धि र विकासमा अघि वढनु पर्छ’ भनेका छन् । प्रेसजगतको भूमिका विना नेपालमा ठूला ठूला राजनीतिक परिवर्तनहरु संभव हुने थिएनन भन्दैं यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गरि निखार ल्याउन सुझाएका छन् । उनल ेभनेका छन्–‘पून दोहोरयाउन चाहन्छु इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर वाँकी राख्ने छैन । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सवै पक्षलाई सामेल भइदिन हुन अनुरोध गर्दछु।’