• झापा । खुलेआम भ्रष्टाचार गर्छन भन्ने आरोप खेप्दै आएका झापा गौरदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले गरेको अनियमितता र घोटालाका समाचारहरु भाइरल भई रहदा समेत गौरादह नगरपालिकाका जनप्रतिनिधीहरुमा कुनै चासो देखिएको छैन । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा तिव्र रुपमा गाली गलौज खेपिरहेका मिश्रको वारेमा नगरपालिकाले खासै चासो नदेखाउनुलाई निकै रहस्यमय रुपमा हेरिएको छ

    इटहरी उपमहानगरपालिकाको सि.एफ.एल घोटाला काण्डले उग्र रुप लिदै गएपछि गौरादह नगरपालिका सरुवा भएर आए लगत्तै सेवाग्राहीले वारंवार असन्तुष्टी व्यक्त गर्दा समेत जनप्रतिनिधीहरु मुकदर्शक भएर वसेका छन् ।

    इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले मिश्र एकनम्वरका घुसिया कर्मचारी भएको खुलेआम आरोप लगाएका थिए । सि.एफ.एल काण्डबाट अख्तियारको कठघरमा पुगेका मिश्रलाई क्लिन चिट दिएको भन्ने सम्वन्धमा समेत व्यापक चर्चा परिचर्चा हुन थालेपछि नगरकार्यपालिकालाई धर्मसंकटमा पारेको विश्लेषकहरु बताउछन् । खुलमखुल्ला नगदनारायण मागेर हिड्ने मिश्रले जनप्रतिनिधीलाई समेत प्रलोभनमा पार्दै झुक्याउने गरेको स्थानियको आरोप छ । मिश्रले गर्ने गरेका अनियमितताहरु थाहा हुदा हुदै पनि चुपचाप सहेर वस्ने जनप्रतिनिधीहरु समेत उनको इसारामा कमाउ धन्दामा लागेको हुन सक्ने चौतर्फी वहस हुन थालेको छ ।

    उनको रवैया बाट हैरान भएका सेवाग्राहीले समय समयमा नगरपालिका घेरावन्दी गर्दै नारावाजी समेत गर्ने गरेका छन् । चौतर्फी रुपमा विरोध गरिदै आएका मिश्रको वचाउमा केही वडाअध्यक्ष रहेको र स्वयं मिश्रले उनिहरुको समेत कर्तुत सार्वजनिक गर्लान की भन्ने चिन्ता जनप्रतिनिधीमा देखिएको स्थानियको विश्लेषण छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…