• काठमाडौं । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता/हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ।

    दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकत्तासम्म नेपालको रेल संचालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गरे। बैठकमा नेपालको वीरगंज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाईन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो।

    दुई मुलुकबीच पारवहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ। विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा संचालनमा आएपछि सो रुटमा कार्गाे ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ।

    सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको माल सामान ढुवानीमा देखिदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गरे।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गर्नु भएको सो बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति पनि गरेको छ । नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको सो समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताए।

    बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिना भित्र नेपालमा बस्ने सहमति पनि भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…