• काठमाडौं । पहिलो चरणको जागरण अभियान अनुमान गरिएभन्दा पनि उपलब्धिमूलक भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी कार्यकर्तालाई थप क्रियाशील बनाउने अभियानअन्तर्गत नेपाली कांग्रेसले गत वैशाख २५ देखि एक महिने जागरण अभियान आरम्भ गरेको थियो । उक्त अभियान यही शनिबार सम्पन्न भएको छ ।

    पहिलो चरणको जागरण अभियानमा मुलुकभरि करिब एक हजारवटा आमसभा, करिब चार हजारवटा बैठक सम्पन्न भएको प्रारम्भिक विवरण केन्द्रीय कार्यालयमा आइपुगेको छ । साथै, विभिन्न जिल्ला तथा पालिकामा अरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या पनि उल्लेख्य देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यो संख्या करिब दुई हजारको हाराहारीमा रहेको अनुमान गरिए पनि एकीन विवरण एक साताभित्र आइपुग्ने कांग्रेस केन्द्रीय कार्यलय सचिव प्रेम केसीले बताए ।

    ललितपुर : अन्य पार्टीका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसमा भिœयाउने मामिलामा ललितपुर जिल्लाको जागरण अभियान सबैभन्दा प्रभावकारी देखिएको छ । वैशाख २५ गते अशोक पार्टी प्यालेसबाट सुरु भएको ललितपुरको राष्ट्रिय जागरण अभियान जेठ २४ गते लगनखेलमा विशाल आमसभा गरी समापन भएको छ । ललितपुर कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत बागमती गाउँपालिकामा नेकपा र राप्रपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दुई दर्ज भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा पूर्वमाओवादीबाट वडा सदस्यका उम्मेदवारसमेत रहेका केवलप्रसाद तिमल्सिना, दीपक घिमिरे, नवराज घिमिरे, रूपक नेपाली, टीकाबहादुर खड्का, अजय गोले, कमल नेपाली, जमुना खड्का, रञ्जना खड्का रहेका छन् । त्यस्तै, राप्रपाका शिवप्रसाद दाहाल कांग्रेस प्रवेश गरेका छन् । उनीसँगै नेकपाबाट शोभित सापकोटा, दिपक स्याङ्तान, राजु मोक्तान, रोशन मोक्तान, रुद्रप्रसाद तिमल्सिना, नवराज अधिकारी, जयबहादुर सिंगार, दिपेन्द्र सिंगार, कमलबहादुर भुलुन, रोशन लामिछाने, राजकुमार भुलुन, सुवास जिम्बा, रमेश मोक्तान, दिपेन्द्र मोक्तान र तुलप्रसाद बजगाईं रहेका छन् ।

    धनुषा : प्रदेश २ को राजधानीसमेत रहेको धनुषा जिल्लाको जागरण अभियान वैशाख २५ गते वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यापार संघको सभाहलमा गरेका थिए । समापन भने उपसभापति विमलेन्द्र निधिले जेठ २५ गते गरेका थिए । जिल्लाका १८ वटा स्थानीय तहमध्ये एउटाबाहेक सबै पालिकामा जागरण अभियान सम्पन्न भएको सभापति महेशशंकर गिरीले बताए ।
    धनुषाका १८ पालिकामध्ये नगराइन, धनौजी, कमला, सवैला, धनुषाधाम र क्षिरेश्वर नगरपालिका तथा औरोही, जनकनन्दिनी गाउँपालिकामा नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकार छन् ।

    भोजपुर : भोजपुरमा पनि नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने इच्छुकहरूको संख्या निकै ठूलो रहेको केन्द्रीय प्रतिनिधि रामहरि खतिवडाले बताए । दुई नगर र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको भोजपुर विगतमा नेकपाको किल्ला जस्तै थियो । तर पछिल्लो समय नेपाली कांग्रेसले निकै प्रगति गरेको खतिवडाको भनाइ छ । नौमध्ये दुईवटा नगरपालिकासहित चारवटा नेपाली कांग्रेसले जितेको छ ।
    जागरण अभियानअन्तर्गत नौवटा पलिकाका ८१ वटै वडामा कार्यक्रम सम्पन्न भएको केन्द्रीय प्रतिनिधि खतिवडाले बताए । महासमिति सदस्यलाई संयोजक बनाएर वडावडामा पठाएको र ८० वर्षभन्दा माथि उमेर भएका सबैलाई सम्मान गरिएको खतिवडाले बताए ।

    यस्तै, बाग्लुङ, लमजुङ जिल्लामा पनि जागरण कार्यक्रम उपलब्धिमूलक भएको कांग्रेसले जनाएको छ । विस्तृत विवरण आउन भने बाँकी छ । तर पर्वत जिल्लामा भने जागरण कार्यक्रम अपेक्षा गरिएअनुसारको उत्साहजनक नभएको बुझिएको छ । स्वास्थ्य समस्याका कारण केन्द्रीय प्रतिनिधि चीनकाजी श्रेष्ठ समापन समारोहमा उपस्थित हुन सकेनन् ।

    खोटाङ : खोटाङ जिल्लामा पनि जागरण अभियान निकै उपलब्धिमूलक भएको छ । राखाबाङ्देलका पूर्वएमालेका वडा सचिव श्याम राईसहितको टोली कांग्रेस प्रवेश गरेका छन् । नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूमा सञ्जय राई, पूर्णबहादुर मोची, रविन मोची, रामकुमार मोची, गुणाधन मोची, किस्वट राई, प्रकाश गिरी, रमेश गिरी, नारायण मोची, नेत्रबहादुर भुजेल, युवराज राई, रमिला परियार, कुमार राई छन् । यस्तै, सोही स्थानका खड्गबहादुर सुनुवार, असारमान राई, विनोद राई, सुरेन्द्र राई, राजन राई, सुमन राई, आशीष राई, सन्देश राई, श्याम थापा, दिपेश राई, मदन तामाङ, रोशन तामाङ, छत्र तामाङ, महेन्द्र तामाङ, वीरकुमार सुनुवार, गोवद्र्धन राई कांग्रेस प्रवेश गरेका छन् । नेकपाबाट कांग्रेस प्रवेश गर्नेमा राजकुमार तामाङ, मोहन राई, सन्तोष विष्ट, खिलबहादुर बस्नेत, हेमकाजी खुलाल, नीरकुमार तामाङ, भद्रलाल तामाङ, जोन राई, सेर्वा राई, सुजन राई, हुरोन राईलगायत छन्

    रुकुम : रुकुम जिल्लाको बाँफिकोट गाउँपालिकामा नेकपा बाँफिकोट गाउँपालिका सदस्य ससे खत्रीसहित १४ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । खत्रीसहित पूर्वमाओवादी कार्यकर्ता कृष्ण गौतम, मनप्रसाद शर्मालगायतका स्थानीय नेता कांग्रेस प्रवेश गरेका हुन् ।

    यसैगरी, चौरजहारी नगरपालिका–८ की सुशीला रसाइली, पुष्पा जैसी र सुष्मा बुढाथोकी, वडा नम्बर ७ की निर्मला केसी, बहादुर जैसी, प्रेमबहादुर जैसी, वडा नम्बर ४ का मानबहादुर भण्डारी, ध्र‘व भण्डारी, सेती भण्डारीलगायतका नेकपाका कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेका छन् ।

    दोलखा : दोलखा जिल्लामा नेकपामा ४४ कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । दोलखाका प्रभावशाली कांग्रेस युवा नेता एवं जागरण अभियान संयोजक केशवराज चौलागाईको सभापतित्वमा भएको बृहत् कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई केन्द्रीय सदस्य रामकृष्ण यादव यादवले खादा तथा अबिर लगाएर स्वागत गरे ।

    जाजरकोट : जाजरकोटका एक वडाध्यक्ष नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कुशे गाउँपालिका–६ का वडाध्यक्ष अमर शाही नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । शाहीले तत्कालीन माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका थिए ।

    मकवानपुर : मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका–४ बाट ३० औं वर्ष एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह नेपाली कांग्रेस प्रवेश गरेको छ । कांग्रेस प्रवेश गर्नेहरूमा गोपिन भ्लोन, हिरालाल भ्लोन, कविराज बल, जितबहादुर भ्लोन, वीरबहादुर भ्लोन, रामेश्वर मुक्तान, सुनिल बल, जयबहादुर भ्लोन, नवराज बल, देवीलाल बल, कविराज भ्लोन, वीरबहादुर लामालगायत छन् ।

    रामेछाप : रामेछापमा पनि नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरूको संख्या उल्लेख्य छ । नेकपाबाट नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा सञ्चार विभाग सदस्य विष्णुबहादुर तामाङ मोहन, दलित मक्ति मोर्चाका अध्यक्ष सन्दीपराज नेपाली, तामाङ मुक्ति मोर्चाका केन्द्रीय सदस्य छोइसाङ लामा, दानबहादुरलगायत छन् । कुनै बेला नेपाली कांग्रेस निषेधित जस्तै रहेको बेथान डहुबाट गत वर्षको स्थानीय निर्वाचनपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।

    बैतडी : तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रवेश गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका मनोज बिक नेकपा पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…