•  

    विराटनगर : पत्रकारललाई मार्नेसम्मको धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई नेकपा भएकैले जोगाउन नहुने आवाज उठेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा शून्य समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले इटहरी उपमहानगका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई मार्नेसम्मका धम्की दिएकाले विज्ञप्ति निकाल्दैमा छुट दिन नहुने बताएका छन्। प्रमुख सचेतक केदार कार्कीले नेकपाको कार्यकर्ता हुँदैमा, नेताहरुको नाम लिँदैमा सजायबाट उम्काउन नहुने बताउँदै नेकपाको सरकारले चौधरीलाई कारबाही गर्नुपर्ने माग गरे।

    ‘सरकारलाई म प्रश्न गर्न चाहन्छु। के नेकपाको कार्यकर्ता भएकै कारण जे गर्न पनि छुट हो?’, कार्कीले भने, ‘मार्ने धम्की दिने, नाक भाँच्न सुपारी दिएको छु भन्ने अभिव्यक्ति दिनेलाई एउटा विज्ञप्ति निकालेर माफी माग्दैमा छुट हुने हो?’ उनले लेनिन, माओ, मार्क्सको नाम जपेर, केपी ओली, प्रचण्ड तथा झलनाथको नाम लिएर कुनै पनि अपराधि छुट्न नहुने तर्क गरे। ‘यदि नेकपा भएकै कारण छुट हुने हो भने प्रत्येक बलात्कारीलाई कार्यकर्ता बनाउनुहोस् र छोड्नुहोला,’ कार्कीले भने, ‘होइन भने मेयरलाई कारबाही हुनुपर्छ।

    कुनै पनि बाहनामा छुट हुनु हुँदैन।’ शून्य समयमा बोल्दै सांसद सावित्रीदेवी रेग्मीले गर्भ अवस्थादेखिनै अप्टिजम रोगबाट प्रभावित हुनेको संख्या बढेको भन्दै यसप्रति आवश्यक सचेतता अपनाउन सरकारको ध्यानाकर्षण गराइन्। प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफल सकिएको छ।

    २३ जना सांसदहरुले उक्त नीति तथा कार्यक्रमको विषयमा बोलेका थिए। प्रदेशसभाको मंगलबार दिउँसो ३ बजे बस्ने बैठकबाट उक्त नीति तथा कार्यक्रम पारित हुने सरकारको भनाइ छ। समानुपातिक सांसदहरुले बजेट नपाएको भन्दै चर्को विरोध गरेपछि प्रदेश १ सरकारले संसद विकाष कोष निर्माण गर्ने भएको छ।

    आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले ९३ जनै सांसदलाई उचित सम्मानका साथ रकम प्रदान गरिने बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…