• रातोकलम सहकर्मी।

    अनिस तामाङ्ग,युएई

    जेठ-२८

    युएईका लागि तामाङहरुको छाता संगठन तामाङ समाज युएईले यसवर्ष पनि विगतको वर्षहरुमा झै शिक्षाको लागि सहयोगार्थ एसएमएस धमाका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । तामाङ समुदाय राजनैतिक,आर्थिक र सामाजिक रुपमा पछि पर्नुको कारण शिक्षामा पहुँच नपुगेको ठहर गर्दै तामाङ समाज युएईले सन् २०१२ यता सपोर्ट माई स्कुल अर्थात एसएमएस धमाका कार्यक्रम मार्फत राज्य र विभिन्न निकायको पहुँच नपुगेका तामाङ समुदायको बाहुल्यता भएका विकट स्थानका विद्यालयहरुमा निरन्तर आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

    यस वर्ष शिक्षाको लागि सांगीतिक अभियानलाई निरन्तरता दिदै एसएमएस धमाका-२०१९ सांस्कृतिक कार्यक्रम युएईको राजधानी आबुधाबी स्थित मलायली समाज हल, मुसाफामा ५ जुलाई २०१९, शुक्रबार दिनको ठिक २ बजे सुरु हुने भएको छ । उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित अतिथि कलाकार सुरेश लामाको साथमा रोजगारीको शिलशिलामा युएईमा रहेका ख्याति प्राप्त कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुतिहरु दिने तयारी गरिरहेका छन ।

    समाजले हाल सम्म एसएमएस कार्यक्रमबाट बिभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरूलाई आर्थिक सहयोग उपलब्ध गरिसकेको छ । जस अनुसार २०१२ सालमा श्री जोगेश्वरी माध्यमिक बिधालय, महादेबटार -१, काभ्रेलाई रू. १००,०००/-, २०१३ सालमा श्री घ्युल देबी निम्न माध्यमिक बिधालय, गोल्चे - ३, सिन्धुपाल्चोकलाई रू. १११,१११/-, २०१४ सालमा श्री जनहित राष्ट्रिय प्राथमिक बिधालय, पदमपुर - ८, चितवनलाई रू. १११,१११/-, २०१५ सालमा श्री सातकन्या प्राथमिक बिधालय, थाङपालकोट - ८ सिन्धुपालचोकलाई रू. १११,१११/-, २०१६ सालमा श्री दुप्चेश्वरी निम्न माध्यमिक बिधालय, सरमथली - ६, रसुवालाई रू. १११,१११/-, २०१७ सालमा श्री कन्यादेबी निम्न माध्यमिक बिधालय, नेत्रवती - ४, धादिङलाई रू. १११,१११/- र २०१८ सालमा श्री भुमीदेवी माध्यमिक बिधालय, मेघाङ - ३, नुवाकोटलाई रू. १११,१११/- पूर्बाधार तथा शैक्षिक बिकासको लागि रकमहरू हस्तान्तरण गरिसकेको समाजका महासचिब सनिल घिसिङले जानकारी दिएको छ ।

    सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले विशेषगरी तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्बद्र्धन र विकासका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको र भुकम्प, बाढीपीडितका साथै गरिबीको कारण प्राण घातक रोगहरुको उपचार गर्न नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…