जेष्ठ २८, पथरी ।
पछिल्लो समय खोला उत्खन्नको विषयलाई लिएर आफ्नो नाम जोडी अर्नगल समाचार समप्रेषण गरेको भन्दै लेटाङ नगरपालिकाले खेद प्रकट गरेको छ ।
खोला उत्खनन्को विषयलाई आफ्नो नाम जोडि सामाजिक सञ्जालमा जथाभावि गालिगलौचमा केहि मानिस उक्रिएको भन्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, उप–प्रमुख कृष्ण कुमारी निरौला सहितले आप्पती जनाएका छन् ।
नगरपालिकाले पत्रकार सम्मेलन गरि विभिन्न अनलाईन पत्रिकामा प्रकाशन भए जस्तो अनियमिततामा नगरपालिकाको कुनै संलग्नता नरहेको प्रस्ट पारेको छ ।
नगरपालिकाका प्रमुख शंकर राईले आफुलाई वदनाम गराउने खेलमा केहि व्यक्ति लागेको आरोप लगाउदै सत्यतथ्य नबुझि समाचार लेख्नेहरुकै कारण आज देशमा अशान्ति फैलिने सम्भावना भएको वताए ।
खोला कानुन विपरित उत्खनन भएको भए छानविन गरि कारवाहि गर्न सकिने अवस्था हुदाँ हुदै जिल्ला समन्वय समितिको प्रत्यक्ष्य निगरानीमा भईरहेको खोला उत्खनन्मा आफुलाई मुछेको राईको भनाई रहेको छ ।
नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले मिडियाहरुले नगरपालिकालाई वदनाम गराउन खोजेको आरोप लगाएकी छिन् ।
आफुहरु धनकुटाको चौविसे गाँउपालिकाको मुढेवासमा त्यहाँको अध्यक्ष उपाध्यक्ष लगायत त्यहाँका स्थानिय संग कामकै सिलसिलामा गएको भएता पनि मिडिया र सामाजिक सञ्जालले अतिरजिञ्त तरिकाले आरोप लगाउदै समाचार समप्रषेण गरेको वताईन ।
मिडियाले कुरा नबुझि हल्लाका भरमा धेरै कुरा प्रकाशन प्रशारण गरेको उपमेयर निरौलाको भनाई छ ।
जिल्ला समन्वय समितिले आईई गर्ने वेलामा लामिटार सम्म गएको र त्यहाँ सम्म खोला उत्खनन्का लागि आईई गरिएको उनको भनाई रहेको छ ।
पहिला देखिनै खोला खन्ने कामले अहिले क्रसर भएको क्षेत्रहरुमा मापदण्ड भन्दा बढि नै खनिएको अनुमान गर्न सकिए पनि प्राविधिकले चेकजाँच नगरि यसै भन्न नसकिने उनको भनाई रहेको छ ।
खोला ठेक्काको विषयमा ठेक्का प्रक्रियामा बाहिर बाहिरै ठेकेदारहरु मिलेर आएपछि नगरपालिकाका मेयर उपमेयरले केहि गर्न नसकिने उनको भनाई रहेको छ ।
नगरपालिकाका ईन्जिनियर भानुभक्त राईले जिल्ला समन्वय समितिको निगरानीमा चिसाङ खोलामा पूल देखि मुनी ३ वटा र पूल माथी ४ वटा नाका गरि ७ वटा नाका प्रयोग गर्ने गरि आईई प्रतिवेदन तयार गरिएको बताए ।
जति मात्रमा खोला उत्खनन् गर्न मिल्छ भनिएको छ त्यो भन्दा २० हजार घनमिटर सम्म कम मात्र वनाई ठेक्का बन्दोवस्त गरिएको उनले जानकारी दिए ।
प्रतिवेदन अनुसारनै डिमार्केसन गरेको र सोही वमोजिम उत्खननका लागि अनुमति दिईएको उनको भनाई रहेको छ ।