जेसी एकराज गिरी
जेसीजः १८ देखि ४० वर्षका युवाको अन्तर्राष्ट्रिय संस्था हो । युवाको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि जेसीज विश्वविद्यालय हो । यस विश्वविद्यालयबाट दिक्षितहरुले आफ्नो जीवन बदलेकाहरु छन्, असल संस्कार सिकेका छन, परिवारको महत्व बुझेका छन्, समाजमा सकारात्मक परिवर्तनसँगै नेतृत्व गरिरहेका छन् । यो सबै सम्भव जेसीज अभियान र तालिमबाटै भएको हो । जसरी कुमालेले काँचो माटोलाई आफ्नो सोच अनुसारको आकार दिएर आकर्षक भाँडा बनाउँछ अनि लक्ष्य हासिल गर्छ जेसीजले त्यसरी नै युवालाई सही मार्गमा डो¥याएर सक्षम, असल नागरिक बनाउँछ । युवाको व्यक्तित्व र नेतृत्व विकासका लागि जेसीजले तालिम सञ्चालन गर्छ । विविध विषयका तालिम मार्फत व्यक्तित्व र नेतृत्व क्षमता विकास गरी सक्षम र असल युवा समाजमा हस्तान्तरण गर्ने काम जेसीजले गर्छ । त्यसक्रममा जेसीजले मावनताको नाताले युवालाई समाजप्रतिको उसको दायित्व बोध गराउँछ, मानवीय र सामाजिक कर्ममा अग्रसर गराउँछ । व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तर्राष्ट्रिय चार क्षेत्रमा केन्द्रित रहेर जेसीजमा आबद्ध युवालाई सक्षम युवा तयार गरिन्छ । यसका लागि स्वयम् युवाको इच्छाशक्ति, लगनशिलता महत्वपूर्ण हुन्छ । त्यसैले भनिन्छ जेसीज समुद्र हो– जत्रो भाँडो लिएर जान्छउ भरेर ल्याउन सक्छउ । जेसीज त्यस्तै विश्वविद्यालय हो–चाहे जति ज्ञान हासिल गर्न सकिन्छ । तालिमले सम्बन्धित विषयको ज्ञान प्राप्त गर्ने, त्यस विषयको सीप हासिल गर्ने र सहभागीको व्यवहार परिवर्तन गर्ने उद्देश्य राखेको हुन्छ । कुनै तालिममा सहभागीले यी तीन कुरा प्राप्त गर्न सकेन भने उसको समय नास भयो । यदि प्राप्त भयो भने ऊ सफल भयो । युवाको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि नेपाल जेसीजले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण सञ्चालन नगर्दै आएको छ । त्यस्तै देशभर रहेका जेसीज १५० शाखा मार्फत विविध विषयका तालिम सञ्चालन भइरहेका छन् । नेपाल जेसीजले यस वर्ष तालिमलाई विशेष प्राथमिकतामा राखेर देशभरका सबै शाखालाई आवश्यक विषयमा प्रभावकारी ढंगले अधिकतम् तालिम सञ्चालन गर्न आह्वान गरेको छ । अघिल्लो वर्ष क्षेत्रीयस्तरमा मात्र भएको तालिम सप्ताह यो वर्ष शाखास्तरमा सञ्चालन भइरहेको छ । सबै शाखाहरुलाई राष्ट्रिय तालिम आयुक्तका हैसियतले आह्वान पनि गर्छु कि– जेसीजको ध्येय र लक्ष्य प्राप्ति गर्ने हो भने तालिम सप्ताह सञ्चालन गर्नुहोस, एउटा शाखाले तालिम सप्ताह गर्न सम्भव छैन भने छिमेकी शाखासँग सहकार्य गरेर गर्नुहोस् । न्यूनतम पाँच शाखासहित बहुशाखाको आयोजनामा तालिम गर्नुहुन्छ भने नेपाल जेसीजले गर्ने प्रशिक्षक लगायतको सहयोग गर्नेछ । देशभर रहेका नेपाल जेसीजका प्रशिक्षकहरु यहाँहरुको शाखामा उपलब्ध हुनुहुनेछ । आफ्नो क्षेत्रको तालिम संयोजक, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र निरुपित राष्ट्रिय उपाध्यक्षसँग समन्वय गरेर तालिमलाई प्राथमिकताका साथ सञ्चालन गर्न र उहाँहरु मार्फत तत्कालै तालिमको रिपोटिङ गर्न पनि आह्वान गर्दछु । वर्ष २०१९ को राष्ट्रिय तालिम आयुक्त हुँदै गर्दा म अत्यन्त हर्षित पनि छु कि देशका विभिन्न जेसीज शाखाले तालिम सप्ताह सञ्चालन गरिरहेका छन् । सुदुरपूर्वको बाहुनडाँगी जेसीजले एक महिनाभर विविध विषयमा तालिम सञ्चालन गर्यो । उत्कृष्ट प्रशिक्षकहरुबाट उत्साहजनक सहभागितामा सञ्चालन भएका तालिम उत्कृष्ट र प्रभावकारी भएको मैले प्रत्यक्ष महशुस गर्ने मौका पनि पाए । यो अभियान मार्फत समाजका विभिन्न क्षेत्रका नागरिकलाई सहभागी गराइ जेसीज अभियान बुझाउन, युवाको व्यक्तित्व र नेतृत्व क्षमता वृद्धि गर्न, जेसीजप्रति समाजमा सकारात्मक दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण टेवा पुगेको मैले ठानेको छु । स्थापनाको छेटो इतिहास रहे पनि यस वर्ष बाहुनडाँगी जेसीजले गरेको रचनात्मक कार्यको उच्च प्रशंसा गर्दछु । त्यसका लागि अध्यक्ष जेसी कञ्चन उप्रेती, महासचिव जेसी देवु बानियाँ सहित सिगो टिम धन्यवादको पात्र हुनुहुन्छ । अन्य क्षेत्रका शाखाहरु जसले तालिम सञ्चालन गरिरहनुभएको छ उहाँहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछु । एक युवालाई सक्षम र असल बनाउँदै उसको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउँदै जीवन सार्थक बनाउन तालिमको ठूलो महत्व हुन्छ । त्यसलाई आत्मसात गरेर नै जेसीजले तालिमलाई महत्व दिएको हो । अतः जेसीज शाखाहरुले प्राथमिकताका साथ प्रभावकारी तालिम सञ्चालन गर्नुपर्छ । वर्ष २०१९ मा जेसीज शाखाका अध्यक्ष लगायत जो जे पद र जिम्वेवारीमा हुनुहुन्छ, तपाईंले त्यो पद र जिम्वेवारी फेरि कहिल्यै पाउनु हुने छैन । एक व्यक्ति, एक पद, एक वर्ष, एक कार्यकाल जेसीजको विधि हो । मानव जीवन र तपाईंले बिताइ रहनु भएको समय कहिल्यै फर्कने छैन । तपाईं जीवनको महत्वपूर्ण समयमा हुनुहुन्छ, गहन जिम्वेवारी पाउनु भएको छ अनि एउटा सुनौलो अवसर पनि । जीवन र समय झैं अवसर पनि बारबार आउदैन । तसर्थ आएको अवसरलाई भरपूर सदुपयोग गर्ने , वर्ष २०१९ लाई देशभर तालिममय बनाउने जिम्वेवारी र अवसर तपाईं सम्पूर्ण जेसी मित्रहरुको काँधमा छ । यस कार्यका लागि आवश्यकसहयोग, सल्लाह प्रदान गर्न नेपाली जेसीज, राष्ट्रिय तालिम समिति सदैव यहाँहरुकै साथमा छ । जय जेसीज (लेखक एकराज गिरी नेपाल जेसीज २०१९ को राष्ट्रिय तालिम आयुक्त तथा वीरता जेसीज २०१८ का अध्यक्ष हुनुहुन्छ ) [email protected]