•  

    काठमाडौँ, जेठ २९ गते । सिन्धुली जिल्लाका भूमिहीन भूकम्प पीडित ८१५ जना लाभग्राहीलाई बसोबास गरिआएकै थातथलोमा घर पुनःनिर्माण गर्न स्वीकृति दिइएको छ ।
    सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न ११ वटा वडामा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूकम्प पीडितलाई स्थानीय सर्जिमिन, बिजुली, धारा वा मतदाता परिचयपत्रका आधारमा घर पुनःनिर्माणको स्वीकृति दिइएको हो । सो निर्णयपछि लाभग्राहीले पुनःनिर्माणको तीन लाख रुपियाँ लिन बाटो खुलेको छ ।
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काममा सहयोग गर्न गठित जिल्ला समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
    समन्वय समितिका संयोजक सांसद गणेश पहाडीले दिनुभएको जानकारी अनुसार, जिल्लामा एक हजार ५४५ जना भूकम्प प्रभावित भूमिहीन लाभग्राही रहेका छन् । बाँकी भूमिहीन भूकम्प पीडित लाभग्राहीको पनि निर्णय गरिने सांसद पहाडीले जानकारी दिनुभयो । भूमिहीन भूकम्प पीडितले अन्यत्र स्थानमा गएर आवास निर्माण गर्न चाहेमा जग्गा खरिदका लागि दुई लाख रुपियाँ थपसमेत प्राप्त गर्नसक्नेछन् ।
    राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष टीकाबहादुर देवकोटाका अनुसार, निजी जमिनको अभावमा चार वर्षसम्म आवास पुनःनिर्माण गर्न नपाएका भूमिहीन लाभग्राहीले भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय इकाईमा गएर आवास पुनःनिर्माणका लागि सम्झौता गर्नुपर्ने छ ।
    उहाँका अनुसार, भूमिहीन भूकम्प पीडित लाभग्राहीको तथ्याङ्क पुनः संकलन गरी छिट्टै निर्णय गरिने छ ।
    मन्त्रीपरिषद्को २०७५ माघ २१ गतेको निर्णयले भूमिहीन भूकम्प पीडितका लागि बसोबास गरेकै थलोमा आवास पुनःनिर्माणको बाटो खोलेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…