• बाहुण्डाँगी । नेपाल जेसीजले ‘मे’ महिनाको जेसीज अफ द मन्थको अवार्ड बाुहण्डाँगी जेसीजलाई प्रदान गरेको छ ।
    नेपाल जेसीजको सचिवालयले बुधवार सार्वजनिक गरेको ‘मे’ महिनाको एरिया ए बाट उत्कृष्ट शाखाका रुपमा बाहुण्डाँगी जेसीजले अवार्ड प्राप्त गरेको हो ।
    हरेक महिना प्रदान गर्ने यो अवार्ड बाहुण्डाँगीले पहिलो पटक प्राप्त गरेको हो । गत मे महिनामा बाहुण्डाँगी जेसीजले गरेको गतिविधिहरुको मुल्याङ्कनका आधारमा उत्कृष्ट घोषित हुँदै अवार्ड प्राप्त गरेको हो । व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल यो शाखाले शाखाले गत महिना ८ दिवसीय तालिम र मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।
    अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष कञ्चन उप्रेतीले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर इनु थापा, क्षेत्र क का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी लालमणि भण्डारी र जेसी सुमन कृष्ण श्रेष्ठ तथा नेपाल जेसीजका सम्पूर्ण बोर्डका पदाधिकारीलाई आभार प्रकट गर्नु भएको छ । साथै उहाँले यो अवस्था सृजना गर्नु हुने बोर्डका पदाधिकारीहरु, शाखाका पूर्व अध्यक्ष, संस्थापक अध्यक्ष तथा बाहुण्डाँगीबासीप्रति पनि आभार प्रकट गर्नु भएको छ । उहाँले यो अवार्डसँगै आगामी दिनमा थप उत्साहित बनाएको बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…