• चितवन, ३० जेठ । राजनीति पहुँचका आधारमा आफ्नै ब्याजी समेतलाई उछिनेर एक्लो प्रतिस्पर्धी डिएसपीबाट एसपीमा बढुवा भएका प्रहरी उपरीक्षक हुुुन् : दानबहादुर मल्ल । मल्लले बढुवा पछि 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को दबाबमा पहिलो पोष्टिङ चितवन गराइ छाडे ।

    केही समय अघि सम्म 'नेकपा' का अध्यक्ष प्रचण्डको सुरक्षार्थ अर्थात (पिएसओ) मा खटिएका कारण समेत अध्यक्ष दाहालको अनावश्यक दबाबपछि उनी एक्लो प्रतिस्पर्धाबाट एसपी भए । त्यतिमात्र होईन, बढुवा लगत्तै उनलेे चितवन जस्तो महत्वपूर्ण जिल्लाको नेतृत्व सम्हाल्न समेत सफल भएँ ।

    तर, उनी चितवन आएपछि जिल्लाको शान्तिसुरक्षा कस्तो छ त ? मल्लले जिल्लाको नेतृत्व सम्हाले लगत्तै जिल्लामा सुरक्षाको चुनौती समेत उत्तिकै बढेको गुनासो यहाँको ब्यावसायीहरुले गर्न थालेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख फेरिएसंँगै जिल्लामा सुरक्षा चुनौती थपिएको गएको हो । नयाँ कार्यालय प्रमुखको रूपमा दानबहादुर मल्ल आएपछि त चितवन अशान्ति नै अशान्ति भएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

    उनी आएदेखी जिल्लामा एउटा न एउटा घट्ना घटिरहेको छ जस्ले गर्दा समाजमा भय त्रास समेत निम्तिएको छ । भने, बितेको १५ दिनयता रंगशालामा भएको डोजर काण्ड र खुडा प्रहार काण्ड बाहेकका अन्य घट्नामा संलग्न कुनै अपराधीहरु पक्राउ पर्न नसकेपछि चितवनमा पुनः गुण्डागर्दी सल्लबल्लाउन थालिएको त होईन भन्दै स्थानीयबासिन्दा सशंकित भएका छन् ।

    'नेकपा'को इशारामा चल्ने कि बिभागको इशारामा चल्ने ?
    सामान्यतः प्रहरी कर्मचारी भइसके पछि बिभागले दिएको नीति नियम र निर्देशनको पालना गर्नुपर्ने हुन्छ । तर, चितवनका एसपी दानबहादुर मल्ल बिभागको निर्देशन मान्ने भन्दा पनि 'नेकपा' निकटको निर्देशन मान्न खप्पिस छन् ।

    उनी 'नेकपा' निकट हुन् या प्रहरी कर्मचारी हुन् अहिले चितवनबासीलाई छुट्याउन गाह्रो हुने गरेको छ । 'नेकपा'का कार्यकर्तासँग खास सम्बन्ध भएका मल्ल प्रचण्डको सुरक्षा गार्ड भएर यसअघि चितवन आउँदा–जाँदा बनेको थियो । उनीसँग निकट रहेर गलत मनसायले कसैले उनको नाम भिंजाएर फाइदा लिएमा एसपी मल्लको आलोचना हुन धेरै दिन कुुर्नुपर्ने छैन ।

    फुल माला लगाउन मै ब्यस्त !
    गत, जेठ १५ गतेदेखि चितवन जिल्लाको प्रहरी प्रमुख भएर आएका एसपी दान बहादुर मल्लको फुलमाला लगाउने कार्यक्रम अझै सकिएको छैनन् । सरुवा भएर चितवन आएलगत्तै बाट सुरु भएको उनको फुलमाला लगाउने र फोटो सप खिचाउने कार्यक्रम अझै जारी छ ।

    सरुवा भएर आएका कार्यालय प्रमुखहरुको मुलत जिम्मेवारी भनेकै जिल्लामा रहेको आफू मातहतको कार्यालयहरु अनुगमन गर्न र स्थलगतरुपमा निर्देशन दिनुपर्ने भए पनि उनलेे अझै अनुगमन र निरीक्षण गरेका छैनन् । तर, सामान्य कार्यक्रममा गएर फुलमाल थापेर आफ्नु समय बर्बाद गरिरहेका छन् ।

    कार्यकक्षमा भेटेर स्वागत गर्नेहरु र आफ्नो कार्यालय वा संस्थामा बोलाएर स्वागत गर्नेहरुको अनुरोध नकार्न नसक्दा एसपी मल्ल कार्यालयमा भन्दा बाहिरी हुने विविध कार्यक्रममा व्यस्त हुने गरेका छन् । त्यतिमात्र होईन उनी चितवन आउने टुंगो लागेपछि धेरैले आफ्नो प्रभाव देखाउनका लागि उनीसँग भएको फोटो सामाजिक सञ्जालमा पोस्ट समेत गर्ने गरेका छन् ।

    १. शान्तिसुरक्षा खस्कियो
    चितवनको जिम्मेवारी एसपी दानबहादुर मल्लले लिएपछि यहाँको शान्तिसुरक्षा नराम्रो संग खस्किएको छ । गत, जेठ १५ गते चितवन आएका उनी कार्यालय मा हाजिर हुन नपाउँदै धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा डोजर काण्डले उनलाई झट्का हान्यो ।

    गृहमन्त्री रामबहादुर थापा बादलको जिल्लामा पार्टी लाइनभित्र उनकै कार्यकर्ता रंगशालाकाण्डमा मुछिएपछि जिल्ला प्रहरी प्रमुख एसपी र सिडिओ दुवै समस्यामा थिए ।

    हाई कमान्डबाट भएको दबाब सहन एसपी मल्ललाई निकै गाह्रो भयो र अन्तमा : चर्को दबाब पछि सादा पोशाकजा प्रहरीले समात्यो तर, ११ दिन नबित्दै कार्वाही समेत नगरी छाडियो । यस घटनामा एसपी र सिडिओबीच आरोपित छोड्ने वा नछोड्ने विषयमा मतभेद नै रहेको थियो ।

    २. नदीखोलामा अवैध उत्खननमा नेकपाजै नेताकार्यकर्ता संलग्न
    नदीखोलामा भएको अवैध उत्खननमा पनि नेकपाकै नेता तथा कार्यकर्ता संलग्न भएको कुरा चितवनका प्रहरी प्रमुख मल्लले त्यतिखेर थाहा पाए जतिखेर नेकपा कार्यकर्ता हाम्रो हो त्यो ठेक्का, एक पटकलाई हेर्दिनुपर्‍यो भन्दै उनलाई भेट्न र फोन हान्न थाले । अवैध उत्खननमा नेकपा र प्रचण्डनिकट कै व्यक्तिहरु सामेल भएको थाहा पाएपछि पहिलो दिनबाट उनी अनुगमनमा हिँड्नै छाडे । प्रभावमा परेर अवैध उत्खननको आरोप लागेको अनुगमन टोलीले मेसिनको चाबी ल्याएकोमा उनले कुनै कारबाही नै नगरी छाडिदिए ।

    ३. गृहमन्त्रीको सल्लाहकारको घरमा चोरी
    यस्तै, काठमाडौंं दरबन्दी भइ रामनगर प्रहरी चौकीमा इन्चार्ज भइ खटिएका बिवादास्पद प्रहरी नायब निरीक्षक गगन बहादुर शाहीले चितवनको घुमुवा नेतृत्व गरेकै दिन जिल्लामा दुइ ठाउँमा चोरी भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख राजनीतिक सल्लाहकार रहेका सूर्य सुवेदी ‘पथिक’को घर भरतपुर १५, फूलबारीमा र विरेन्द्र क्याम्पस रोडमा रहेको एक होटलमा चोरी भएको हो ।

    गृहमन्त्रीका सल्लाहकार सुवेदीको घरमा राखिएको ३५ बोरा धानका बीउहरु चोरी भएको प्रहरीले जनाएको छ । ती सबै ५० केजीका बोरा थिए । त्यस्तै , भरतपुरकै एक होटलमा समेत सोही राती चोरी भएको छ ।

    भरतपुर महानगरपालिका १० विरेन्द्र क्याम्पस रोडमा रहेको फूड वेज होटलमा सटर फोडेर नगद चोरी भएको होटल सञ्चालक हरिचन्द्र अधिकारीले जानकारी दिए । होटलबाट १२ हजार नगद चोरी भएको र सिसाहरु फूटाइएको उनले बताए । चोरीमा संलग्नको पहिचान भइसकेको तर प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको सञ्चालकको भनाई छ ।

    जिल्लामै यसअघि दुई जना डिएसपीको घरमा धनमाल चोरी भएकोमा अहिले गृहमन्त्रीको सल्लाहकारको घरमा चोरी हुँदा समेत घुमुवाको नेतृत्व लिइएको शाही र उनीबाट परिचालित घुमुवा प्रहरीले कुनै चोरलाई पक्राउ गर्न सकेको छैन । गत, जेठ १७ गते शुक्रबार पूर्वी चितवनको एक पसलमा बिहानै चोरी भयो ।

    पसल सञ्चालक नभएको मौका छोपी मुखमा मास्क लगाइ आएका केही अपरिचित युवाले विहान ९ बजेर ५१ मिनेटको समयमा पदमपुरको हाइस्कुलरोडस्थित साल्सा कलेक्सन पसलबाट १ लाख ७ हजार रुपैयाँ नगद र एउटा सुनको औंठी चोरी भएको हो ।

    यसअघि पनि पदमपुर क्षेत्रमा मात्रै दर्जन भन्दा बढी पसलका सटरहरु फोरेर चोरी भएका छन् । तर दिउँसै चोरी भएको भने यो पहिलो घटना हो । सोही ठाउँमा रहेको कालिका नगरपालिकाको वर्डा नम्बर १, स्थित लंकालाईनमा मंगलबार भएको हत्याकाण्ड सेलाउन नपाउँदै पदमपुरमा चोरीका घटनाहरु बृद्धि भइरहे पनि चितवन प्रहरीका नयाँ हाकिम प्रहरी प्रमुख दानबहादुर मल्लले मौनता प्रकट गर्नु पक्कै अशोभनीय हो ।

    नारायणगढ–भरतपुर क्षेत्र सहित जिल्लामा दैनिकरुपमा चोरीका घटना हुँदा समेत प्रहरी चोर पक्रन असफल हुँदा एसपी मल्लको कमान्ड कमजोर रहेको पुष्टि हुन्छ ।

    ४. 'स्थानीय'संँग डराए एसपी मल्ल, रंगशाला बार भत्काउने छुटे
    चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको अभियोगमा पक्राउ परेका 'नेकपा' का स्थानीय युवा नेता प्रकाश कँडेलसहितका अन्य चार जनालाइ ११ दिनपछि चितवन प्रहरीले छाडेको छ ।

    मुलुकी अपराध संहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानलाइ कुल्चेर उनीहरूलाई रिहा गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले नेकपाका स्थानीय नेता प्रकाश कँडेल, भैरव बास्टाकोटी, ध्रुब चापागाइँ र सुरेन्द्र बिकलाई आइतबार राति हाजिरी जमानीमा छाडिएको स्वीकारे ।

    प्रहरीको हिरासतमा रहेका चार जना युवाहरुसहित अन्य १४ जना सहित १८ जनाको समूहले गत, जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरूले जस्ताको बार भत्काइदिएका थिए । त्यहीं घटनामा पक्राउ परेका अन्य १४ जनालाई गत, जेठ २० गते नै प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।

    ५. खुँडा प्रहारबाट एक महिला गम्भीर घाइते
    गएको शुक्रबार राती २२:४० बजेको समयमा भरतपुर महानगरपालिका ११ गणेशथानमा छिमेकी ४० वर्षीय नारायण विकले मादक पदार्थ सेवन गरी खुँडा प्रहार गर्दा सोही स्थानको अन्दाजी ३१ वर्षीया सोममाया विक गम्भीर घाइते भएकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते विकको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने घट्नास्थल पुगेको प्रहरी टोलीले घट्नास्थलबाट खुँडा भेट्टाएको थियो । मुख्य अभियुुक्त रूपमा रहेका नारायण बिक पक्राउ परिसकेका छन् ।

    ६. अस्पताल तोडफोड गर्ने अझै फरार
    भरतपुर अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अस्पताल प्रशासन समक्ष सत्यतथ्य के भएको हो ? जानकारी लिनुपर्ने हो तर, काम देखाउने बहानामा एसपी मल्लले अस्पताल परिसरमा होहल्ला गरेको भन्दै सामाजिक अभियन्ता अर्जुन भुसालसहित ६ जनालाइ जनालाई प्रहरीले पक्राउ गरेर अनावश्यक रूपमा दु:ख दिएको छ ।

    रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ५ बस्ने प्रकाश बस्नेतका १४ महिनाका छोरालाइ गत, जेठ १४ गते निमोनियका कारण उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा बालकको उपचारका क्रममा गत,बिहीबार साँझ मृत्यु भएको थियो ।

    यता, बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको दाबी अस्पताल प्रशासनको छ । तर, मृतकका आफन्त र सर्वसाधारण यो मान्न तयार छैनन् । उनीहरु चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै आक्रोशित भएका थिए ।

    ७. घुमुवा प्रहरी अर्थिक कलेक्सनमा ब्यस्त

    वर्डा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राम प्रसाद गौतम काजमा चितवन आएपछि यस क्षेत्रमा रहेको होटल तथा रेष्टुरेन्टहरुमा खुलेआम रूपमा यौनजन्य गतिविधि समेत फष्टाउदै गइरहेको छ ।

    वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत दरबन्दीवाला प्रहरी निरीक्षकलाई बालाजु वृत्तमा पुर्‍याइ नेकपाका अध्यक्ष 'प्रचण्ड'को सोर्सफोर्समा वर्डाको हाकिम बन्न पुगेका नै गौतम पछिल्लोसमय लेखा अधिकृतको नियुक्ति हुँदा देखि नै विवादमा तानिँदै आएका थिए ।

    जागीरको दौरानमा नारायणगढ वडा प्रहरीको प्रमुख ताक्नुको अर्थ प्रष्ट हुन्छ । उनको जागिर अवधि अब १० महिना मात्रै बाँकी छ । यीनै गौतमले सवारी ड्राइभरका रूपमा खटाएका भनिएका प्रहरी जवान उपेन्द्र पट्टेल, र झन्डै तीन बर्षदेखि सादा पोशाकमा खटिदै आएका अपांग भनिएका प्रहरी जवान नारायण आले मगर समेतलाई घुमुवाका रूपमा परिचालन गर्दै प्रहरीलाई कमाइ खाने भाँडो बनाएका छन् ।

    घुमुवाका रूपमा परिचालित यी घुमुवा प्रहरीहरुले प्रहरी निरीक्षक गौतमका नाममा रकम उठाउने नै भए आफ्नो लागी पनि नउठाउने त कुरै भएन ।

    पछिल्लो समय नारायणगढ एरियामा रहेको केही निश्चित होटल, लज र गेष्टहाउसहरुमा संगठितरूपमा वेश्यावृत्ती मौलाइरहेको भन्ने जनगुनासो व्यापक मात्रामा बाहिर आएपनि वर्डा प्रहरी कार्यालयले त्यसलाई नियन्त्रणमा लिन सकिरहेको छैन । कारण प्रहरी निरीक्षक गौतमले वर्डा प्रहरीमा आएर राम्रोसँग नेतृत्व गर्न नसक्नु प्रष्ट बुझ्न सकिन्छ ।

    प्रहरी प्रमुखको रूपमा निरीक्षक गौतम आएपछि टिडी जेसिक र लागुऔषध समेत फस्टाउँदै गएको छ । उनी चितवनबासी त छँदै थिए । सोर्सफोर्समा उनले प्रहरी मुख्यालयको मानवस्रोत विभागमा २ वर्ष र अपराध अनुसन्धान विभागमा १ वर्ष गरी ३ वर्ष लेखा अधिकृत हुने मौका समेत पाए ।

    अवकाश प्राप्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका समयमा बदनाम लेखा अधिकृतहरू हटाउने अभियानन्तर्गत गौतम पनि अधिकृतबाट हटेका थिए । पछिल्लोपटक सरुवाका क्रममा उनी महानगरीय प्रहरी वृत्त बालाजु पोष्टिङ त भए ।

    तर, डिएसपी बस्ने ठाउँमा सेकेण्ड म्यान भएर के फाइदा, हुन्थ्यो र ? अतिरिक्त आम्दानी हुने अवस्था नदेखिएपछि गौतमले पुनः सोर्सफोर्स लगाउन पुगे र हाकिम भएर वडा प्रहरी कार्यालय, नारायणगढको जिम्मेवारी लिएपछि उनलेे प्रहरी जवान नारायणलाई परिचालन गरी अशुलीधन्दा मच्चाएको स्थानीयको छ ।

    अपांग भनिएका उनै आले घुस काण्डमा सदैव अडिग रहेको चर्चा वर्डा भित्रभित्रै हुने गर्दछ । झट्ट हेर्दा अपांग जस्तो भनेर भनिए पनि उनको अशुली धन्दा भने तीब्र छ ।

    उनलाई कहिँ कतै बाट अनुसन्धान एवं छानबिन हुन थाले प्रहरी निरीक्षक गौतमले जोगाउने गर्छन् । उनै प्रहरी निरीक्षक गौतमले यस अघि चितवनका तत्कालीन एसपी सुशील सिंह राठौरले जिल्ला तान्न खोज्दा समेत अपांग रहेको र कन्ट्रोलमा ड्युटी गर्ने गरेको र बाहिर जाने नगरेको बताएका थिए ।

    तर, अहिले उनै घुमुवा प्रहरी जवान नारायण आलेले भरतपुर, नारायणगढमा सञ्चालित होटलहरुमा पुगी डर, त्रास देखाइ एक दर्जन रेड्बुल माग्ने, यौनजन्य गतिविधि गर्ने भए साप्ताहिक रूपमा पैसा मागेर दु:ख दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

    स्थानीयले गरेको गुनासोको अडियो रेकर्ड न्युज अभियानसंग सुरक्षित छ । उनलेे भनेका छन् : काठमाडौंबाट मेरो घरमा श्रीमतीको बहिनी पाहुना आएकी थिइन् । उनी मेरो होटलमा बसेकी थिइन् । तर, जवान आलेले उनलाई कुदृष्टी लगाउदै जथाभावी बोल्न थाले । त्यसपछि उनलेे आफूसंँग १० वटा रेड्बुल समेत मागेको र नदिएपछि गाली गर्दै हिंडेको सम्म बताए ।

    उसो, त उनले जिल्लामा नेतृत्व सम्हालेको भोलिपल्टै पत्रकार सम्मेलनमार्फत कसैको दबाबमा परेर काम नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिले उनै एसपी मल्लले हाजिर भएको १५ दिन बितिसक्दा समेत सुरक्षा रणनीति मजबुत बनाउन नसक्दा शान्त रहेको चितवन पुनः अशान्ततर्फ धकेलिएको स्थानीय बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…