• दमक, ३१ जेठ–जेठ महिनाको अन्तिम समयमा गर्मीले झापा र मोरङ लगायत पूर्वी तराईका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । केही दिनदेखि बढेको गर्मीका कारण सर्वसाधारणको जनजीवन निक्कै कष्टकर बनेको हो ।

    बिहिबार झापाको दमक, बिर्तामोड र भद्रपुरमा गर्मीको महसुस भएको छ । गर्मीको कारण भद्रपुरमा मलामीमाा सहभागि एक जनाको ज्यान गएको छ । त्यस्तैं, विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ । दैनिक मजदुरी गरेर जीवन यापन गर्नेहरुलाई कठिन भएको छ ।

    रिक्सा मजदुर, निर्माण मजदुर, सडक मजदुरदेखि दैनिक श्रम गरेर छाक टार्नु पर्ने अवस्था भएकाहरु गर्मीका कारण बढी प्रभावित बनेका छन् । दिउँसो समय प्रतिकूल हुन थालेपछि सडकमा साइकल, मोटरसाइकल समेतका साना सवारीका साधन पातलिन थालेका छन् । सरकारी कार्यालय, कृषि उद्यम, बजार, पसल एवं सार्वजनिक क्षेत्रहरुमा दिउँसो चहलपहल कम हुन थालेको छ ।

    हावा पानी फिल्ड कार्यालय विराटनगरका अनुसार बिहीबार वैशाख यताकै सबै भन्दा बढी तापक्रम विराटनगरमा मापन गरिएको छ । अधिकतम ३७।३ र न्यूनतम २६।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयका प्रमुख विकास देउजाले बताए ।

    कोसी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन डा.लक्ष्मीनारायण यादवले गर्मीको सबै भन्दा बढी असर बालबालिका र वृद्धवृद्धामा पर्ने जानकारी दिए । उनले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको बताए ।

    जलवायु परिवर्तनले हरेक वर्ष पृथ्वीको तापक्रम बढाउँदै लैजानुले गर्मी दिन प्रतिदिन बढ्दै गएको वातावरण क्षेत्रका जानकार एवं त्रिभुवन विश्व विद्यालयका वातावरण विज्ञानका उप–प्राध्यापक रामचन्द्र अधिकारीले बताए ।

    नेपालको तापक्रम वृद्धिदर ० दशमलव ०६ डिग्री सेल्सियस रहेको बताउँदै उनले पूर्व अनुमान गर्न नसक्ने किसिमका परिवर्तनहरु आउने भएकाले यस्तो गर्मी कहिलेसम्म रहन्छ भनेर भन्न नसकिने जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…