• महेन्द्रनगर : कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका - ६ बनगाउँ नजिक ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना घाईते भएका छन्।

     

    मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। घाईते सबै जनालाई महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको छ। मृतकका शवलाई पनि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। मृतकहरु भारतबाट आएका नेपालीहरु हुनसक्ने भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक आचार्यले बताए।

    जेसीबी महेन्द्रनगरबाट महाकालीको चारलेन पुलको पहुचमार्ग निर्माणका लागि भुजेलातर्फ गईरहेको प्रहरीले जनाएकको छ। चालक र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…