• इटहरी । इटहरी महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको इटहरीको घरमा कुनैबेला यौनधन्धा चल्ने गरेको पत्रकार विराट अनुपमले खुलाशा गरेका छन् ।
    सुर्योदय टेलिभिजनसँगको कुराकानीमा मेयर चौधरी हरेक अन्तरवार्ता आफुबिरुद्ध अर्नगल प्रचार गरेको बताए । पत्रकार अनुपमले मेयर चौधरीबारे थप कुराहरु बाहिर ल्याएका छन् ।

    यसैविच मेयर चौधरीले मिडियाहरुमा अन्तरवार्ता दिँदै आफू कम्युनिष्टको कार्यकर्ता भएको र आफू कुटीमा बस्ने बताएका थिए । तर मेयर चौधरीको इटहरी १७ मा साढे दुई तल्लाको पक्की घर रहेको फेला परेको छ । जुन घर समाजिक सन्जालमा भाईरल छ ।

    मेयर आफैँले सडक क्षेत्र मिचेर बंगला ठडाइएको भेटिएको हो । आफू भूमाफियाविरुद्ध लागेको बताउने मेयर चौधरी आफैँ सबैभन्दा ठूलो प्लटिङ व्यवसायी भएको भेटिएको छ । आफू भूमाफियाविरुद्ध लडिरहेको र पत्रकारहरु भूमाफियाबाट प्रभावित भइरहेको बताउँदा उनको आफ्नो घर नै सडक मिचेर बनाएको तथ्य उजागर भएको हो । यस्तै पार्टी कार्यालय समेत सार्वजानिक जग्गा मिचेर बनाइएको भेटिएको छ । यस्तै मेयर भवन सार्वजानिक खरिद ऐन विपरित बनेको छ । ४० लाख भुक्तानी दिएको त्यहाँका पत्रकारहरु बताएका छन् ।

    तर चौधरीले भने आफूले सडक नमिचेको दाबी गरेका छन् ।

    यी तिनै मेयर हुन जस्ले इटहरीका पत्रकार विराट अनुपमका नाकको डाँडी भाच्नकै लागि १ करोड छुट्टाएको उद्घोष गरेका थिए । यिनै मेयरले केही दिन अगाडि पत्रकारलाई लोपरेका थिए भने दुई कर्मचारीलाई पिटेका थिए ।

    https://www.youtube.com/watch?v=_u0JYsonPAE&fbclid=IwAR0zQpU1bHFJgVcGQXMiGo5YKde6-NMreN6THVcVk1fIBm0hw2RlVmEbRfw

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…