तेह्रथुम, ३१ जेठ । नेपाली काँग्रेस तेह्रथुमका प्रभावशाली युवा नेता बालकुमार गुरूङको निधन भएको छ । काठमाडौं स्थित मेडिसेटी अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ८:१५ बजे युवा नेता गुरूङको निधन भएको हो ।
तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा घर भई हाल काठमाडौंमा रहनुभएका गुरूङ बौद्धिक युवा नेता र समाजसेवी हुन् । राष्ट्र र समाजलाई योगदान पुर्याएका गुरूङको निधन आठराई-तेह्रथुम शोकाकुल भएको छ । गुरूङको निधनले नेपाली काँग्रेसपार्टी मर्माहत र स्तब्ध भएको भन्दै नेपाली काँग्रेस तेह्रथुमले जिल्लाका सम्पूर्ण कार्यक्रमहरू तीन दिन सम्मका लागि स्थगित गरेको छ ।