• नेपालगन्ज : मनसुन सुरु नहुँदा नेपालगन्जमा अत्याधिक गर्मी महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार २३ र २४ जेठमा २०.२ मिलिमिटर वर्षा हुँदा केही साता सामान्य भए पनि एक साता यता गर्मी बढेको छ।

    कार्यालय प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार औसत जुन १० मा नेपालमा मनसुन सुरु भइसक्छ। समयमा मनसुन सुरु नहुँदा गर्मी बढेको हो। शुक्रबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। तर धेरै गर्मी महसुस भएको छ।

    विगत सात वर्ष यता नेपालगन्जमा यो वर्ष सबैैभन्दा बढी गर्मी भएको छ। यो वर्ष ११ र २० मे मा दुई पटक अहिलेसम्मकै सर्वाधिक तापक्रम ४३.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

    विगत एक महिनादेखि नेपालगन्जमा तातो हावा (लू) चलिरहेको छ। दिउँसो सहर र गाउँमा चहलपहल न्यून हुने गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…