काठमाडौँ- काठमाडौँको चाबहिलमा रहेको ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ ।
शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपनि अस्पताल परिसर भरि तनावग्रस्त भएको हो ।
अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको जानकारी दिएको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । अप्रेसनमा चिकित्सकको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तहरुकोको आरोप छ ।