• फरक पन दिने प्रयासमा साहित्यकार ओम प्रकाश निरौलाको राष्ट्र भावमा ओतप्रोत गीतको म्यूजिक भिडियो सुटिङ कार्य सकिएको छ । र्याप सहितको सन्देशमुलक उक्त गीतको सुटिङ सकिएको र सम्पादनको काम भै रहेको साहित्यकार निरौलाले जानकारी दिएका छन ।

    “आफ्नो भन्दा धेरै माया लाग्छ मलाई मेरै देशको, हेर्छु चित्र मुटु भित्र इतिहासको, बढ्छ झनै माया मेरै देशको” शब्द रहेको उक्त गीतमा गायिका कविता बराईलेले स्वर दिएकी छन भने लेखक निरौलाले र्याप भर्ने काम गरेका छन ।

    साहित्यकार निरौलाकै लय र शब्द रहेको उक्त गीतमा विशान मानन्धरले एरेञ्जरको काम गरेका छन भने उक्त गीतको रेकर्डिङ हार्मोनिक स्टुडियोमा गरिएको निरौलाले बताए ।

    त्यस्तै भिडियोमा नयाँ अनुहारको प्रवेश गराएको निरौलाले बताएका छन । भिडियोमा नेपालको झण्डा लिएर उभिएकी नयाँ अनुहारकी मोडल हुन शशी नेपाल । उनी एक सञ्चार कर्मी तथा मोडल हुन । बिगत ५ बर्ष एविसी टेलिभिजनमा काम गरेकी शशी हाल प्राईम टेलिभिजनमा समाचार वाचिकाको रुपमा काम गर्छिन । तिनै मोडलसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…