• युएई/  तापक्रम अत्यधिक बढेसंगै अरब राष्ट्रहरूमा दिउँसो काम गर्न प्रतिबन्ध लगाईएको छ। युएई, कतार, बहराईन लगायत अरबियन गल्फका मुलुकहरुमा मध्येदिउँसो बाहिरको (आउट डोर) काम गर्न गराउन बन्देज लगाईएको हो।
    युएई र कतार लगायत खाडी क्षेत्रका ती देशहरुमा मानव संसाधन एवं श्रम मन्त्रालयले बिहिबार सूचना जारी गरि दिउँसोको समयमा निर्माण क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सम्बन्धित कम्पनीहरुलाई बाह्य काम तथा खुल्ला आकाश मुनी काम नगराउन भनेको छ।
    कतारद्वारा बिहिबार जारी सूचनामा बिहान ११:३० बजे देखि दिउँसो २:३० बजे सम्म बाह्य काम नगराउन भनेको छ। त्यस्तै युएईले जारी गरेको सूचनामा मध्यान्ह १२:३० बजे देखी दिउँसो ३:०० बजेसम्म कामदारहरूलाई बाह्य काममा नलगाउन भनेको छ। यदि कसैले नियम उल्लङ्घन गरेको पाईएमा प्रती कामदार रू.२ लाख ५५ हजार जरिवाना गरिने र यदि ठूलो समूहमा कामदारलाई काममा लगाईएको पाईएमा रू. १५ लाखसम्म जरिवाना गराईने पनि युएईको मानव संसाधन मन्त्रालयद्वारा जारी सूचनामा जनाईएको छ।



    आज जुन १५ तारिखबाट शुरू भएको यो नियम सेप्टेम्बेर १५ तारिखसम्म लागू हुनेछ। अहिले खाडी मुलुकहरुमा तापक्रम ४८ डिग्री सेल्सियस हाराहारी पुगेको छ भने सापेक्षित आर्द्रता ह्वात्तै बढेको छ। गर्मीको समयमा अरबमा खास गरि सडक तथा भवन निर्माण क्षेत्रका कामदारहरु प्रभावित हुने गर्दछन्।
    यो अवधिभर कुनै कम्पनीले कामदारलाई नियमित भन्दा बढी समय (ओभर टाईम) काम लगाएमा नियमित भन्दा न्यूनतम २५ प्रतिशत बढाएर ज्याला भुक्तानी गर्नुपर्ने पनि उक्त सूचनामा उल्लेख छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…