• मन्दिरै मन्दिरको शहर काठमाडौं उपत्यका आन्दोलित छ । यो आन्दोलन कुनै शासन व्यवस्था ढाल्न नभएर धर्म–संस्कृति र परम्परा बचाउनका लागि भैरहेको छ ।

    सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुठी विधेकले काठमाडौंबासीलाई उत्तेजित बनाएको छ । उपत्यकाका तीनवटै प्राचीन शहरमा व्यापक बिरोध भैरहेको छ ।

    सर्वसाधारण जनता सडकमा उत्रेका छन्, बुद्धिजीवीहरु संचारबाट चिच्याइरहेका छन्, सांसदहरु सदनमा कुर्लिरहेका छन् विधेयकका बिरुद्धमा ।

    यसले धर्म–संस्कृति परम्परा सबै मास्न खोजेको आरोप चौचर्फी छ । तर, सरकारलाई दुई तिहाईका दम्भ छ, उ जनताका कुरा सुन्ने पक्षमै देखिंदैन ।

    सुन्ने गरिन्थ्यो कम्युनिष्टहरु धर्म मान्दैनन् । उनीहरु पुरानो भत्काएर नयाँ बनाउन चाहन्छन् । यसको मतलब हिन्दु धर्म संस्कृति मासेर पश्चिमा संस्कृति भित्र्याउने त हैन नि रु चीनको क्रान्तिपछि त्यहाँ नेपालमा जस्तै पुराना कुरा मास्ने अभियान चल्यो अहिले चीन त्यसको खोजीमा छ र संरक्षण गर्न दत्तचित्त भएर लागिरहेको छ ।

    विगतमा आक्रोशले गरेको विनाशले देशलाई कति घात हुँदो रहेछ भन्दै पछुताइरहेको छ ।

    खासमा कुनै पनि मुलुकको अस्तित्व त्यहाँको धर्म, संस्कृति, सामाजिक रितीरिवाज र परम्परा हो । यसलाई चलाउन खोजियो भने यसले अकल्पनीय विनाश निम्त्याउँछ ।

    धार्मिक र जातीय विषयमा राजनीति गर्नु भनेको देशलाई द्वन्द्वमा धकेल्नु हो । कतै नेपालमा विकासको नाममा त्यस्तै गर्न खोगिएको त हैन रु अहिले यस्तै प्रश्नहरु उठेका छन् ।

    अर्को महत्वपूर्ण कुरा के हो भने नेपालमा विदेशी शक्तिको प्रभाव विस्तार भैरहेको र उनीहरुकै योजना अनुसार सबै काम भैरहेको आरोप लाग्ने गरेको छ ।

    हुन पनि कुनै पनि देशलाई तहसनहस पार्नुप¥यो भने त्यहाँ धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाइदिए पुग्छ । गुठी विधेयक कतै त्यसैको उपज त हैन ? गम्भीर प्रश्न खडा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…